
काठमाडौं ।
काठमाडौ विश्वविद्यालय स्कूल अफ ईन्जिनियरिङ् र गरुडियस एभिएसन इंकले संयुक्तरुपमा सहकार्य गर्न एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
दुबैले मिलेर, आधुनिक उड्डयन, गहन प्रविधि र उद्योग ४.० को क्षेत्रमा दुबै पक्षहरु को क्षमता विस्तार र विकास गर्नको लागी कार्य गर्ने छन्।
सम्झौता पत्रमा स्कुल अफ इन्जिनियरिङका एसोसिएट डीन, एसोसिएट प्रा. ब्रिजेश अधिकारी र गारुडियस एभिएसनका प्रमुख कार्यकारी अधिकृत ऋषव श्रेष्ठले हस्ताक्षर गरेका छन्।
सो कार्यक्रममा स्कुल अफ इन्जिनियरिङका डीन प्रा. मनिष पोखरेल, मेकानिकल इन्जिनियरिङ विभागका एचओडी प्रा डेनियल तुलाधर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ विभागका एचओडी एसोसिएट प्राध्यापक रामकाजी बुढाथोकी, र सहायक प्राध्यापक विशाल सिलवालको उपस्थिति थियो।
प्रकाशित: ९ आश्विन २०७९, आईतवार