
काठमाडौं ।
नेपालबाट अफ्रिकी मुलुक युगान्डामा ल्यापटप र नोटबुक निर्यात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार नेपालबाट युगान्डा ल्यापटप र नोटबुक निर्यात भएको हो।
चालु आर्थिक वर्षको साउन महिनामा नेपालबाट युगान्डा २५ लाख ८२ हजार रुपैयाँ बराबरको २८ यूनिट ल्यापटप र नोटबुक निर्यात भएको हो।
भान्सार विभागका निर्देशक तथा सूचना अधिकारी पुण्यविक्रम खड्काका अनुसार नेपालबाट ल्यापटप र नोटबुक युगान्डा कसरी निर्यात भयो भन्ने विषयको विस्तृत जानकारीका लागि तथ्यांक शाखाबाट थप विवरण बुझ्नु पर्ने बताए।
‘तथ्यांक नहेरसम्म आधिकारिक रुपमा नेपालबाट ल्यापटप र नोटबुक यूगान्डा कसरी निर्यात भयो भन्ने विषय भन्न सकिने अवस्था छैन,’ उनले भने।
तर नेपाली सेना र प्रहरी युगान्डामा तैनाथ छ। सेना र प्रहरी नेपालबाट युगान्डा जाँदा ल्यापटप र नोटबुक लगेको हुन सक्ने उनको भनाई छ।
प्रकाशित: ९ आश्विन २०७९, आईतवार