
काठमाडौं ।
हिरो इलेक्ट्रिको स्कुटर अब लद्दाख पुलिसले प्रयोग गर्ने भएका छन्। भारतको ठूलो इलेक्ट्रिक स्कुटर निर्माता हिरो इलेक्ट्रिकले हालमा लद्दाख पुलिस बललाई हिरो फोटोन प्लस इलेक्ट्रिक स्कुटर एक लट डिलेभरी गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
पुलिसले यस इलेक्ट्रिक स्कुटरको प्रयोग लद्दाखका केही इलाका र राजधानी लेहमा पेट्रोलिङका लागि गर्नेछन्। हिरो इलेक्ट्रिकले आफ्नो सोशल मिडिया ह्यान्डलमा पुलिस बलका साथ ईस्कुटरकको तस्बिर सेयर गरेको छ।
लद्दाख भारको सबैभन्दा दुर्गम क्षेत्र मध्ये एक हो। जहाँ इलेक्ट्रिक सवारीका लागि आवश्यक सुविधा एकदमै कम छ। हालमा यस क्षेत्रमा इलेक्ट्रिक सवारी नीति घोषणा गरिएको छ। उक्त नीति अनुसार लद्दाखमा इलेक्ट्रिक सवारी साधनका लागि आवश्यक चार्जिङ स्टेशन तयार गरिनेछ। लद्दाख ई सवारी नीति अनुरुप इलेक्ट्रिक सवारी खरिद गर्ने ग्राहकले एक्स शोरुम मूल्यमा १० प्रतिशत छुट पाउँछन्।
हिरो फोटोन प्लसमा २६ एएच लिथियम आयन ब्याट्री र १.२ किलोवाटको मोटर छ। जसले १.८ किलोवाटको अधिकतम पवार प्रदान गर्छ। यस स्कुटरको अधिकतम स्पिड ४५ किलोमिटर प्रति घण्टा छ। ईस्कुटरले फुल चार्जमा ९० किलोमिटरको रेञ्ज प्रदान गर्छ। ० देखि १०० प्रतिशत चार्ज गर्न ५ घण्टाको समय लाग्छ। फेम–२ ििब्सडी पछि दिल्लीमा हिरो फोटो प्लसको एक्स शोरुम मूल्य ८० हजार ७९० भारु भएको छ।
प्रकाशित: ९ आश्विन २०७९, आईतवार