टाटा मोटर्सले ल्यायो ‘दशैंमा द–सही’ अफर

  • Technology Khabar | ८ आश्विन २०७९, शनिबार
टाटा मोटर्सले ल्यायो ‘दशैंमा द–सही’ अफर

काठमाडौं ।

नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले २०७९ सालको दशैंलाई लक्षित गरी ‘दशैंमा द–सही’ अफर ल्याएको छ ।

योजना अन्तर्गत टाटा मोटर्सका कुनै पनि कमर्सियल गाडी (ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, एस, योद्धा, विङ्गर, म्याजिक वा इन्ट्रा) खरिद गर्दा टिभी, फ्रिज, वासिङ मेसिन, ओभन, ल्यापटप वा मोबाइल मध्ये कुनै एक उपहार प्राप्त गर्न सक्नेछन् ।

 

कम्पनीका अनुसार आफूले खरिद गरेको गाडीको सेग्मेन्ट अनुसार विभिन्न उपहार छानेर लिन सकिन्छ । साथै यसमा एएमसी, एक्सचेञ्ज, रिप्लेसमेन्ट र फाईनान्स जस्ता सुविधाहरु पनि रहेका छन् ।

दशैं लक्षित अफरप्रति ग्राहकहरुबाट सकारात्मक प्रतिक्रिया आएको र विशेष गरी ७० प्रतिशतसम्मको फाइनान्स सुविधाले सबैको हौसला बढाएको सिप्रदी ट्रेडिङका कमर्सियल भेहिकल बिजनेस युनिटका सिनियर जेनेरल म्यानेजर अनुपमणि ढकालले बताए ।

प्रकाशित: ८ आश्विन २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...