नाडा ईभी एक्स्पोमा हिरो इलेक्ट्रिक स्कुटरको खरिदमा २५ हजार छुटसहित विभिन्न गिफ्ट ह्याम्पर

  • Technology Khabar | ७ आश्विन २०७९, शुक्रबार
नाडा ईभी एक्स्पोमा हिरो इलेक्ट्रिक स्कुटरको खरिदमा २५ हजार छुटसहित विभिन्न गिफ्ट ह्याम्पर

काठमाडौं ।

भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा लक्ष्मी ई.मोविलिटी प्रालि(लक्ष्मी गु्रपको भागिनी संस्था)ले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्रीवितरण प्रारम्भ गरिसकेको छ।

लक्ष्मी ई.मोविलिटी प्रालिले नाडा ईभी अटो शोमा स्टल नं. सी७मा बुकिंगगरी स्कुटर खरिद गर्न चाहने ग्राहकको लागि नगदसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्ने भएको छ।

हिरो इलेक्ट्रिक स्कुटर खरिद गर्नेले २५ हजार रुपैयाँसम्मको नगद पुरस्कार र लक्की ड्र मार्फत एक जनालाई जर्मन ब्राण्ड बोस वासिंग मेसिन प्राप्त गर्नेछन्।

नेपाली बजारमा एनवाईएक्स, फोटोन र सिंगल तथा डबल ब्याट्री सहितको अप्टीमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइएको छ। एक पटक फूलचार्ज गरी ८२ किलोमिटर देखि १६५ किलोमिटर सम्मको रेञ्ज दिने यी स्कुटरहरुले भारत सहित नेपालका ग्राहकले रुचाउने कम्पनीले विश्वास लिएको छ।

भारतमा हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन्। नेपाली बजारमा हाल चार मोडेल उपलब्ध गराइएको छ र थप नयाँ मोडलको बारेमा जानकारी लिनको निम्ति ईभी शोमा स्टल नं सी७ मा सम्पर्क गर्न सकिनेछ।

एक दशकभन्दा लामो समयदेखि भारतमा नं.१ स्थान ओगट्न सफल हिरो इलेक्ट्रिकको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी ई.मोविलिटी प्रालि ले नेपालभरका ईच्छुक पक्षबाट डिलरसिपको लागि समेत आवेदन लिदैछ।
हिरो इलेक्ट्रिक भारतको पहिलो र सबैभन्दा ठूलो इलेक्ट्रिक टु ह्विलर्स स्कुटर

निर्माता कम्पनी हो । हिरो इलेक्ट्रिकका हजारौं सन्तुष्ट गा्रहकहरु छन्। हिरो इलेक्ट्रिकले भारतमा इलेक्ट्रीक मोविलिटी क्षेत्रमा एक दशक भन्दा लामो समयदेखी अग्रस्थान ओगट्दै आइरहेको छ।

प्रकाशित: ७ आश्विन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार