फोरफ्रन्ट ईन्जिनियरिङ र हंगेरियन डिजाइन सफ्टवेयर कम्पनी ग्राफिसफ्ट बिच सम्झाैता

  • Technology Khabar | ७ आश्विन २०७९, शुक्रबार
फोरफ्रन्ट ईन्जिनियरिङ र हंगेरियन डिजाइन सफ्टवेयर कम्पनी ग्राफिसफ्ट बिच सम्झाैता

काठमाडौं ।

नेपालको एक अग्रणी डिजिटल आर्किटेक्चरल, ईन्जिनियरिङ्ग तथा निर्माण क्षेत्रको सेवा प्रदायक संस्था फोरफ्रन्ट ईन्जिनियरिङले हंगेरियन डिजाइन सफ्टवेयर कम्पनी ग्राफिसफ्टसंग सम्झौता गरेको छ।

उक्त सम्झौतामार्फत आर्किक्याड, ग्राफिसफ्ट विमएक्स्, विमक्लाउड जस्ता विभिन्न सफ्टवेयर उत्पादनहरूको वितरणको लागि आधिकारिक बिक्रेताको रुपमा काम गर्नेछ।

कम्पनिकाअनुसार यसले नेपालमा वास्तुकला, ईन्जिनियरिङ  निर्माण क्षेत्रमा कार्य गर्ने सबै सरोकारवालाहरूलाई फाइदा पुर्‍याउनेछ

यस किसिमका सफ्टवेयरले विम मोडेलहरू, ईन्जीनियरिङ्ग नक्शा वनाउन प्रभावकारी तथा भरपर्दो हुनेछ। यस किसिमका नविन प्रविधिको प्रयोगले नेपाली निर्माण क्षेत्रमा देखिएका त्रुटी, लागत वृद्धि, ढिलाई, भेरिएशन, लागत अनुमानको वृद्धिलाई न्यूनिकरण गर्ने फोरफ्रन्ट ईन्जिनियरिङको भनाइ छ।

त्यसैगरी यस सफ्टवेयरको प्रयोग नेपाली इन्जिनियरिङका विद्यार्थीहरूका लागि एजुकेशन भर्सन नि:शुल्क गरिएको छ। ४० वर्ष भन्दा वढि विश्वका विकसित देशहरुमा यसको प्रयोगले ठूला संरचनाहरु निर्माण भइसकेको बताइएको छ।

विद्यार्थीहरुले सजिलै https://myarchicad.graphisoft.com/ मा लगइन गरी सफ्टवेयर आफ्नो कम्प्युटरमा डाउनलोड गर्न सक्नुहुन्छ आर्किक्याड सफ्टवेयर सजिलै सिक्नको लागि https://learn.graphisoft.com/ मा लगइन गरेर पनि सिक्न सकिने कम्पनीले जनाएको छ

प्रकाशित: ७ आश्विन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार