ह्वावे, आसियान फाउन्डेसनव्दारा एशिया प्यासिफिक डिजिटल ट्यालेन्ट समिटको आयोजना

Technology Khabar ७ आश्विन २०७९, शुक्रबार

काठमाडौं ।

ह्वावे र आसियान फाउन्डेसनले एसिया प्यासिफिक डिजिटल ट्यालेन्ट समिटमा एसिया-प्यासिफिक क्षेत्रमा भविष्यका लागि तयार आइसिटी प्रतिभा पुलको निर्माणबारे छलफल गर्न सरकार, शिक्षाविद् र उद्योगका प्रतिनिधिहरूलाई एकसाथ ल्याएको थियो । प्रतिभाको उत्पादन गर्ने विषयमा केन्द्रित डिजिटलको शक्तिलाई बाहिर निकाल्न यो बैठक ह्वावेको वार्षिक फ्लाग्शिप कार्यक्रम ह्वावे कनेक्टको समयमा आयोजना गरिएको थियो।

आफ्नो ओपेनिङ स्पिचमा सामाजिक-सांस्कृतिक समुदायका लागि आसियानका उप-महासचिव, एक्कफाब फान्थावोङले व्याख्या गरे, “हामीले यस क्षेत्रमा कसरी इनोभेटिभ आइसिटी प्रतिभाहरू उत्पादन गर्न सक्छौं, तिनीहरूको वर्तमान स्थिति पहिचान गर्न, डिजिटल प्रतिकूलता र असमानताहरू सम्बोधन गर्न र अगाडिको कदम निर्धारण गर्नका लागि छलफललाई बढावा दिन र प्रयासहरू समन्वय गर्न यो शिखर सम्मेलन आवश्यक छ।”

आसियान फाउन्डेसनका कार्यकारी निर्देशक डा. याङ मी इङ्गले पनि भने, “शिखर सम्मेलनको माध्यमबाट हामीले यस क्षेत्रका प्रमुख सरोकारवालाहरूलाई सहमति अभिवृद्धि गर्न, कठिनाइहरू समाधान गर्न र डिजिटल ग्यापहरू समाधान गर्न, इनोभेटिभ प्रतिभाको बिकास गर्न र क्षेत्रको डिजिटल रूपान्तरण बढाउन पर्याप्त कदम चाल्दै छौं।”

ह्वावेका पब्लिक अफेयर्स एण्ड कम्युनिकेसन्सका अध्यक्ष जेफ वाङले प्रतिभा बिकासका लागि कम्पनीको आफ्नै लक्ष्यहरूबारे व्याख्या गरे, “डिजिटल रूपान्तरणलाई अगाडि बढाउनका लागि मानिसहरूलाई कनेक्ट गर्नु र प्रतिभाको अर्को पुस्ता निर्माण गर्नु पहिलेभन्दा धेरै महत्त्वपूर्ण छ । २० वर्ष भन्दा बढी देखि हामीले एशिया प्यासिफिकका साझेदारहरूसँग कनेक्टिभिटि नभएकाहरूलाई इन्टरनेट पहुँच प्रदान गर्न नजिकबाट काम गरेका छौं । यसैबीच, हामी सन् २०२६ सम्ममा यस क्षेत्रमा ५,००,००० आइसिटी प्रतिभाहरूलाई तालिम दिने हाम्रो लक्ष्य पूरा गर्ने बाटोमा छौं ।”

कार्यक्रममा यस क्षेत्रका सरकारी प्रतिनिधिहरूले प्रतिभा उत्पादनमा आफ्नो हालको पहलहरूको अपडेटहरू सेयर गरे ।

थाइल्यान्डको शिक्षा मन्त्रालयका महानिरीक्षक डा. फिचेट फोफाकडीले भने, “थाइल्याण्डमा सबैका लागि सिकाइ अवसरहरू उपलब्ध छन् भनी सुनिश्चित गर्न डिजिटल लर्निङ टेलिभिजन (DLTV) जस्ता डिस्टेन्स लर्निंग प्लेटफर्म र स्रोतहरू विकास भइरहेका छन् । शिक्षाको भविष्य हामी हाम्रो राष्ट्रको शिक्षालाई थप समावेशी, समतामूलक र उच्च गुणस्तरीय बनाउन थप एकताबद्ध र इनोभेटिव हुनेमा निर्भर हुनेछ ।”

कम्बोडियाका राज्य सचिव, हुलाक र दूरसञ्चार मन्त्रालयका सोक पुथियुथले थपे, “कम्बोडियाले हाम्रा विद्यालय पाठ्यक्रमहरूमा डिजिटल विषयहरू समावेश गर्न, अनलाइन प्लेटफर्महरू प्रयोग गर्न र विद्यार्थीहरूका लागि नयाँ सामुदायिक प्राविधिक केन्द्रहरू स्थापना गर्न थालेको छ । हामीले पहिले नै वर्कफोर्समा रहेकाहरूलाई डिजिटल तालिम प्रदान गर्न व्यावसायिक तालिम विद्यालयहरूसँग काम पनि बढाउँदैछौं ।”

इन्डोनेसियाको शिक्षा, संस्कृति, अनुसन्धान र प्रविधि मन्त्रालय अन्तर्गत उच्च शिक्षाका महानिर्देशक प्रो. निजामले भने, “इन्डोनेसियामा हामी हाम्रो शिक्षा प्रणालीलाई डिजिटल रूपमा तयार गर्न र बहुविध पहलहरू मार्फत डिजिटल प्रविधिको प्रतिभा पूलको विकास गर्न परिवर्तन ल्याउँदैछौं ।”

हङकङ ब्याप्टिस्ट युनिभर्सिटीका प्रोफेसर कुओ यिखले दर्शकहरूलाई विश्वको पहिलो AI ensemble, Turing AI Orchestra (TAIO) को परिचय गराए। उनको अनुसार “TAIO ले अर्को पुस्तालाई ट्रान्सडिसिप्लिनरी शिक्षा प्रवर्द्धन गर्नेछ ।”

जापानको योकोहामा नेशनल युनिभर्सिटीका पूर्व उपाध्यक्ष हितोशी यामादाले कसरी अन्तर्राष्ट्रिय आदानप्रदानले डिजिटल प्रतिभा विकासलाई रूपान्तरण गर्न सक्छ भनेर बताए।

आफ्नो मन्तव्यमा ह्वावेको एशिया प्यासिफिक अध्यक्ष साइमन लिनले भने, “लगभग सबै एशिया प्यासिफिक देशहरूले डिजिटल अर्थतन्त्रलाई बढावा दिन ICT प्रतिभा विशेष गरी युवाहरूलाई सशक्तिकरण गरिरहेका छन् । स्थानीय बजारहरूमा जरा गाडेको विश्वव्यापी कम्पनीको रूपमा ह्वावेले नेतृत्व, सीप र ज्ञानको माध्यमबाट प्रतिभाको इकोसिस्टमलाई सुदृढ गरिरहनेछ ।”

कार्यक्रमको उत्तरार्धमा थाइल्याण्डको राष्ट्रिय डिजिटल प्रतिभा विकास ह्वाईट पेपरको पूर्व-विमोचन जुन अक्टोबरमा प्रकाशनको लागि निर्धारित छ; साइबर सुरक्षा प्रतिभा विकास सोलुसन र सर्टिफिकेशन स्टान्र्डडहरूमा ह्वावेको पहिलो अन्तर्राष्ट्रिय प्रशिक्षण पहलको सुरुवात; र डिजिटल समावेशीकरण र पोस्ट-प्यान्डेमिक रिकभरीमा एक प्यानल समावेश गरीएको थियो।

प्यानलमा “द ग्रे राइनो” को विश्वव्यापी सर्वाधिक बिक्रि हुने लेखक मिशेल वकर, हङकङ पोलिटेक्निक युनिभर्सिटीका प्रोफेसर कुओ सोङ र APAC सीड्स फर द फ्युचर Tech4All प्रतियोगिताका विजेता इओना डोमिनिक थिए । एकसाथ, उनीहरूले डिजिटल समावेशी नीति निर्माणमा युवाहरूलाई समावेश गर्ने महत्त्व बारे छलफल गरे र यस युगमा डिजिटल समावेशीकरणका लागि निजी क्षेत्र, शिक्षाविद् र सरकारबीच सामूहिक कार्य गर्न आह्वान गरे।

प्रकाशित: ७ आश्विन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया