
काठमाडौं ।
डिशहोम फाईबरनेटले आकर्षक मुल्यमा फास्टेस्ट ईन्टरनेट प्याकेजहरु ‘फेस्टिभ फाइबरनेट’ मा ल्याएको छ। फेस्टिभ फाइबरनेट अफर अन्तर्गत डिशहोमले मासिक ८७० रूपैयाँमा २०० एमबिपिएसको ईन्टरनेट प्याकेज दिनेछ।
त्यस्तै प्रति महिना रु. ५९५ मा ७५ एमबिपिएस, रु. ६८७ मा १०० एमबिपिएस, रु. ८२४ मा १५० एमबिपिएस, र रु. ९१६ मा २५० एमबिपिएसका प्याकेजहरु उपलब्ध गराउने जनाएको छ।
यो गजबको प्याकेज अफरमा एक बर्षको जडान गर्ने ग्राहकहरुले फाइभजी डुअल ब्याण्ड राउटर पनि सित्तैमा पाउने छन्।
साथै ईन्टरनेटसंगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले रु. २५० प्रति महिनामा डिशहोम आई टिभीको सेवा पनि लिन सक्ने जनाएको छ।
प्रकाशित: ७ आश्विन २०७९, शुक्रबार