
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायकहरूलाई टीभी र इन्टरनेटलाई बन्डलिङ नगर्न निर्देशन दिएको छ।
प्रतिस्पर्धात्मक समयमा बाधा हुने गरी फरक सेवालाई एक ठाउँमा राखेर अफर राखेकाले त्यस्तो नगर्न निर्देशन दिएको प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिए।
उनले भने “बन्डलिङ गर्ने कार्य दूरसञ्चार ऐन बिपरीत रहेकाले त्यस्तो नगर्न निर्देशन दिएको हो।”
पछिल्लो समय अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेट सेवा लगायत अन्य सेवा समेत दिइरहेका छन्।
यसरी प्याकेज बनाउँदा निश्चित सेवा निःशुल्क भनेर प्रचार गरेको पाइएकोले प्रतिस्पर्धा नियन्त्रण गर्नसक्ने भन्दै प्राधिकरणले निर्देशन दिएको जनाएको हो।
योसँगै प्राधिकरणले इन्टरनेट, आईपीटिभी र राउटर एउटै प्याकेज बनाएर बिक्री गर्ने सेवा प्रदायकलाई कारबाही गर्ने भएको छ।
प्रकाशित: ६ आश्विन २०७९, बिहीबार