
काठमाडौं ।
चीनको विशेष सिभि लाइनअपमा नयाँ डिभाइस थप हुने भएको छ।
शाओमी सिभि २ सेप्टेम्बर २७ मा सार्वजनिक हुने कम्पनीले आफ्नो विभो च्यानलमा खुलासा गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
नयाँ मिडरेन्जरले आफ्नो पूर्ववर्तीको जस्तै हल्का डिजाइन र सुन्दर एपिएरेन्स कायम राख्ने छ।
सिभि २ मा ‘हेलो किट्टी’ ट्रेन्ड पार्टनर हुने अपेक्षा गरिएको छ।
सिभि २ मा पछाडि ५० मेगापिक्सलको ट्रिपल क्यामरा हुनेछ। शाओमी १२ सिरजको जस्तै आईल्यान्डसँग मिल्दो जुल्दो मोड्युलर डिजाइन दिइएको छ।
मुख्य र अल्ड्रावाइट एंगल क्यामरा ठूलो सर्कलको पछाडि देख्न सकिन्छ। जबकि सानो, डुअल एलईर्ड फ्ल्यसको छेउमा सम्भवत २ मेगापिक्सलको सेन्सर हुनेछ। डिभाइसमा सम्भवत १२० हर्जको रिफ्रेस रेट र सिभि १एस समान फुल एचडी प्लस रिजोल्यूसन पाउन सकिन्छ।
यसको उपलब्धता र मूल्यको बारेमा सम्पूर्ण जानकारी आगामी मंलगबारको सार्वजनिक कार्यक्रममार्फत दिइनेछ।
प्रकाशित: ६ आश्विन २०७९, बिहीबार