कर्णाली र सुदूरपश्चिम प्रदेशमा माइक्रोवेभ ब्याकबोन नेटवर्क निर्माण गरिने

  • Technology Khabar | ६ आश्विन २०७९, बिहीबार
कर्णाली र सुदूरपश्चिम प्रदेशमा माइक्रोवेभ ब्याकबोन नेटवर्क निर्माण गरिने

काठमाडौं ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा माइक्रोवेभ ब्याकबोन नेटवर्क निर्माणका लागि प्रकृया अघि बढेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले कर्णाली र सुदूरपश्चिम प्रदेशमा माइक्रोवेभ ब्याकबोन नेटवर्क निर्माणका लागि टेन्डर आव्हान गरेको छ।

टेन्डरबाट चयन गरिएका कम्पनीले माइक्रोवेभ ब्याकबोन नेटवर्क निर्माण गर्ने भएका हुन्।

छनोटमा परेकाले २ वर्षभित्र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा माइक्रोवेभ ब्याकबोन नेटवर्क निर्माण गर्नुपर्नेछ।

प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषबाट सफल आवेदकलाई कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा माइक्रोवेभ ब्याकबोन नेटवर्क स्थापना गर्न अनुदान दिनेछ। सबैभन्दा कम अनुदानको लागि आवेदन गरेको योग्य र सफल आवेदकलाई समझौता प्रदान गरिने छ।

योग्यताको अंश आवेदकलाई उनीहरूको आवेदनहरूमा उनीहरूले धेरै मापदण्डहरू पूरा गर्छन् भनेर देखाउन आवश्यक हुनेछ।

ठेक्काको लागि इलेक्ट्रोनिक रिक्वेस्ट फर एप्लिकेसनमा निवदेन दिनुपर्नेछ।
निवेदन आगामी कार्तिक २ गते राती साढे १२ बजेसम्म अनलाईनबाट दर्ता गर्नुपर्नेछ। ठेक्कामा निवेदन गर्ने कम्पनीको पछिल्लो ३ वर्षमा वार्षिक २ करोड रुपैयाँ बराबार कारोबार गरेको हुनुपर्नेछ। कम्तिमा ५ हजार किलोमिटरको अप्टिकल, माइक्रोवेभ, वायरलेसमा काम गरेको हुनुपर्नेछ।

निवेदन दिने कम्पनीले २० हजार रुपैयाँ निवेदन शुल्क तथा ३० दिनका लागि ८ करोड ७२ लाख धरौटी राख्नुपर्ने टेण्डरमा उल्लेख छ।

यसअघि दूरसञ्चार प्राधिकरणले नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)सँग कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशखण्ड अन्तरगत अप्टिकल फाइबर नेटवर्क बिस्तारका लागि सम्झौता गरेको थियो।

प्रकाशित: ६ आश्विन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दूर चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • ६ आश्विन २०७९, बिहीबार