
काठमाडौं ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विज्ञान प्रविधिका विभिन्न पुरस्कारका लागि आवेदन माग गरेको छ।
नास्ट असोज ५ गते सूचना प्रकाशित गरेर विज्ञान प्रविधिका १४ विद्यामा पुरस्कारका लागि आवेदन माग गरेको हो।
नास्टले प्रकृति संरक्षण, कुलपति राष्ट्रिय नव-प्रवर्तन, विज्ञान, प्रविधि, विज्ञान तथा प्रविधि युवा, महिला विज्ञान तथा प्रविधि, प्रज्ञा-प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवद्र्धन, विज्ञान तथा प्रविधि पत्रकारिता, विज्ञान शिक्षक, उत्कृष्ट विद्यार्थी, दयानन्द बज्राचार्य अनुसन्धान, फणीन्द्रप्रसाद न्यौपाने अनुसन्धान, गैर आवासीय नेपाली विज्ञान तथा प्रविधि र काजि-इन्द्रजित कटुवाल कृषि पुरस्कारका लागि आवेदन माग गरेको हो।
पुरस्कारका लागि योग्य व्यक्ति वा संस्थाले कार्तिक ३ गते कार्यालय समयभित्र आवेदन दिनु पर्नेछ।
आवेदन फाराम तथा सूचनाको विस्तृत विवरणको लागि नास्टको वेबसाइटमा हेर्न सकिन्छ।

प्रकाशित: ५ आश्विन २०७९, बुधबार