
काठमाडौं ।
अमेरिकी संघीय सञ्चार आयोग(एफसीसी)ले व्यावसायिक स्याटेलाइट टु मोबाइल सेवाको लागि लिङ्कलाई इजाजतपत्र प्रदान गरेको छ।
एफसीसीले लिंक (Lynk) लाई स्याटेलाइट डायरेक्ट टु स्ट्यान्डर्ड मोबाइल फोन सेवाको लागि संसारको पहिलो व्यावसायिक इजाजतपत्र प्रदान गर्ने निर्णय गरेको हो। लिंक ग्लोबलले निर्णयको स्वागत गरेको छ।
एफसीसीको इजाजतपत्रले लिंकलाई विश्वव्यापी मोबाइल कनेक्सनको लागि मार्ग प्रशस्त गर्दै, २०२२ पछि स्याटेलाइटहरूको विश्वव्यापी नेटवर्कको लागि व्यावसायिक सेवाहरू सुरू गर्न सक्षम बनाउनेछ।
प्रकाशित: ५ आश्विन २०७९, बुधबार