
काठमाडौं ।
सामसङ ग्यालेक्सी एस२३ स्मार्टफोनमा एक्जिनोस २३०० वा स्न्यापड्रागन ८ जेन २ चिप सेट राख्ने भन्ने विषयमा कम्पनीमा विवाद उत्पन्न भएको छ।
ग्यालेक्सी एस२३ स्मार्टफोनमा एक्जनोस पावर दिने कि नदिने भन्ने सामसङमा आन्तरिक विवाद भइरहेको लीकस्टारले खुलासा गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
क्वालकमले लगभग सबै फोनहरु स्न्यापड्रागन ८ जेन २ प्लेटफर्मद्वारा सञ्चालित हुने पुष्टि गरेको दुई महिनापछि यो जानकारी आएको हो।
आइस युनिभर्सका अनुसार सामसङ एमएक्स (मोबाइल एक्सपिरेन्स) डिभिजन ग्यालेक्सी एस२२ एमार्टफोनमा इन हाउस चिपसेटको प्रदर्शनबाट निराश देखिएका छन्।
कम्पनीका शीर्ष स्तरका कार्यकारीहरु अझै पनि अर्को वर्षको फ्ल्यागशिपहरु सामसङ सेमीकन्डक्टरद्वारा निर्मित एक्जिनोस २३०० चिपमा बजारमा ल्याउनु पर्ने पक्षमा छन्।
करिब ७० प्रतिशत सामसङ ग्यालेक्सी एस२२ फोनहरु एक्जिनोस २२०० मा बजारमा पठाइएको छ। एक्जिनोस चिप जडिट डिभाइस युरोप, अफ्रिका र मध्यप पूर्वमा पठाइने गरिएको छ। स्न्यापडङ ८ जेन १ चिप सेट युक्त ३० प्रतिशत डिभाइस अमेरिका, दक्षिण कोरिया, चीन, जापान र भारतमा बिक्री हुन्छ। भने दक्षिणपूर्वी एशियामा दुवै चिप उक्त डिभाइस मिश्रित रुपमा बिक्री हुन्छ।
दुवै एक्जिनोस २२०० र स्न्यापड्रागन ८ जेन १ चिपहरु ४एनएन प्रक्रियामा बनाएका छन्। सामसङ प्लेटफर्ममा अलि बढी शक्तिशाली जीपीयू छ भने क्वालकम चिप सीपीयू अलि छिटो छ।
प्रकाशित: ५ आश्विन २०७९, बुधबार