होन्डाको इलेक्ट्रिक स्कुटर २०२३ मा सार्वजनिक हुने, एक्टिभाभन्दा सस्तो

  • Technology Khabar | ५ आश्विन २०७९, बुधबार
होन्डाको इलेक्ट्रिक स्कुटर २०२३ मा सार्वजनिक हुने, एक्टिभाभन्दा सस्तो

काठमाडौं ।

होन्डा मोटरसाइकल एन्ड स्कुटरले भारतमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले भारतीय बजारमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर सन् २०२३ मा सार्वजनिक गर्ने जानकारी पहिले दिइसकेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

होन्डा मोटरसाइकल एन्ड स्कुटरका अध्यक्ष अत्सुशी ओगाटाका अनुसार होन्डाको इलेक्ट्रिक स्कुटरको मूल्य वर्तमानमा कम्पनीको सबैभन्दा धेरै बिक्री भइरहेको एक्टिभा स्कुटरभन्दा सस्तो हुनेछ। होन्डाको नयाँ इलेक्ट्रिक स्कुटरले इलेक्ट्रिक दुई पांग्रेको बजारमा सशक्त उपस्थिति जनाउने आशा गर्न सकिन्छ।

होन्डा दुई पांग्रेले सन् २०३० सम्म भारतमा इलेक्ट्रिक दुई पांग्रेको बजारमा ३० प्रतिशत हिस्सा पुर्याउने योजना बनाएको छ। यस लक्ष्य हासिल गर्नका लागि होन्डाले २०३० सम्म ३ नयाँ ईस्कुटर मोडल सार्वजनिक गर्ने छ। साथै उक्त अवधिमा कम्पनीले १० लाख इलेक्ट्रिक स्कुटर बिक्री गर्ने लक्ष्य राखेको छ।

रिपोर्टका अनुसार होन्डाको आगामी इलेक्ट्रिक स्कुटरको मूल्य ७२ हजार देखि ७५ हजार भारु (एक्स शोरुम) हुने बताइएको छ।
अतिरिक्त विकल्पको रुपमा इलेक्ट्रिक स्कुटर खरिद गर्न चाहने ग्राहकलाई आकर्षित गर्ने कम्पनीको योजना रहेको अध्यक्ष अत्सुशीले बताए। यो किफायती मिड रेन्ज स्कुटर हुनेछ।

 

प्रकाशित: ५ आश्विन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...