तिहारसम्म साझा यातायातका थप ३७ विद्युतीय बस नेपाल आउने

  • Technology Khabar | ४ आश्विन २०७९, मंगलवार
तिहारसम्म साझा यातायातका थप ३७ विद्युतीय बस नेपाल आउने
फाइल तस्विर

काठमाडौं ।

तिहारसम्म साझा यातायातका सबै विद्युतीय बस नेपाल आउने भएका छन्।

चीनमा विद्युतीय बस निर्माणको काम अन्तिम चरणमा रहेकाले तिहारसम्म थप ३७ ओटा नेपाल आउने तयारी गरिएको साझा यातायातका अध्यक्ष कनकमणी दिक्षितले टेक्नोलोजीखबरलाई जानकारी दिए।

यसअघि असोजसम्म सबै विद्युतीय बस ल्याउने साझाको तयारी थियो। विद्युतीय बस निर्माणमा ढिलाई भएकाले पूर्व निर्धारित समयमा बस ल्याउन कठिन भएको उनले जानकारी दिए।

नयाँ विद्युतीय बस बस काठमाडौं र अन्तरप्रदेशमा सञ्चालन गर्ने साझाको योजना छ।

उनले भने,“कहिलेकाहीँ मिती तोक्दा हुन जाने केही ढिलाईलाई नकारात्मक नहेरी सबै कर्मचारीले काम अघि बढाउन चीनलाई ताकेता गरेकोले पनि तिहारमा बस आउनेमा ढुक्क छुँ।”

साझा यातायातले २०७७ चैत १३ गते ४० वटा विद्युतीय बस खरिदका लागि ग्लोबल टेण्डर आह्वान गरेको थियो।

साझालाई विद्युतीय बस बिक्री गर्नका लागि ९ ओटा चिनियाँ कम्पनीले प्रस्ताव पेश गरेका थिए। तीमध्ये सीएचटीसी किनवेन (नान्जिङ) कम्पनी छनोट भएको थियो।

कम्पनीबाट उत्पादित ३ ओटा विद्युतीय बस परिक्षणका लागि गत असारमा नेपाल भित्रिएका थिए। सफल परिक्षण पश्चात हाल यी बस काठमाडौं उपत्यकामा सञ्चालन भइरहेका छन्। अपांगमैत्री रहेकाले सबैलाई सहज भएको साझा यातायातको भनाई छ।

४० वटा विद्युतीय बस र तिनलाई आवश्यक पर्ने २० वटा चार्जिङ स्टेसनका लागि करिब ४५ करोड रुपैयाँ लागेको छ।

प्रकाशित: ४ आश्विन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार