भारतीय राइड हेलिङ्ग ओलाले इन्जिनियरिङ र ईभी निर्माणका कर्मचारी कटौती गर्ने

  • Technology Khabar | ४ आश्विन २०७९, मंगलवार
भारतीय राइड हेलिङ्ग ओलाले इन्जिनियरिङ र ईभी निर्माणका कर्मचारी कटौती गर्ने

काठमाडौं ।

एप मार्फत क्याब सेवा प्रदान गर्ने भारतीय कम्पनी ओलाले करिब २०० इन्जिनियरिङ रोजगारी कटौती गर्ने निर्णय गरेको छ। जापानको सफ्टबैंक समूहले लगानी गरेको ओलाले यो एकीकृत मोबिलिटी कम्पनी बन्न खोजिरहेको बताएको छ।

ओलाले दुईपाङ्ग्रे, चारपाङ्ग्रे सवारीसाधन र उत्पादनमा आफ्नो स्थिति बलियो बनाउन तयारी गरिरहेको छ।

रोयटर्सको रिपोर्टअनुसार ओलाले भारतको क्याब राइड बजारमा ठूलो हिस्सा हासिल गर्न उबरलाई पछि पारेको छ। कम्पनीले गत वर्ष ई-स्कुटर उत्पादन गर्न थालेको थियो र सन् २०२४ सम्ममा विद्युतीय कार बनाउने योजना पनि राखेको थियो ।

ओलाले यस वर्षको पहिलो आधामा शेयर बजारमा सूचीकरण गर्ने योजना स्थगित गरेको थियो। यसको कारण बजारमा अस्थिरता र अन्य स्टार्टअपहरूको कमजोर सूचीकरण थियो। गत महिना, ओला इलेक्ट्रिकले सन् २०२४ मा देशमा आफ्नो पहिलो इलेक्ट्रिक कार लन्च गर्ने योजना बनाएको थियो। यो कारको रेन्ज एक पटक चार्जमा ५०० किलोमिटरभन्दा बढी हुने दाबी गरिएको छ । यसले ४ सेकेण्डमा ०–१०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्नेछ ।

कम्पनीले गत वर्ष ओला एस१ र एस१ प्रो इलेक्ट्रिक स्कुटर लन्च गरेर ईभी सेग्मेन्टमा प्रवेश गरेको थियो।

प्रकाशित: ४ आश्विन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...