
काठमाडौं ।
चिप उत्पादनमा भारत र अमेरिका आक्रामक भएसँगै चिनियाँ उत्पादनमा गिरावट आएको छ।
पछिल्लो समय उत्पादन वितरणमा समस्या देखिएकाले चिनियाँ चिप उत्पादनमा गिरावट आएको द इकोनोमिक टाइम्सले जनाएको छ।
कम्प्युटरदेखि मोबाइलसम्म र अटोमोबाइलदेखि अन्य विद्युतीय उपकरणसम्ममा आवश्यक पर्ने चिप बिक्रिमा कठिनाई परेकाले पछिल्लो समय चीनले उत्पादन गर्ने चिपको कारोबारमा समस्या देखिएको हो।
पछिल्लो समय अलग अलग किसिमका चिप विद्युतीय उपकरण, अटोमोबाइल र कारमा ठूलै संख्यामा आवश्यक पर्ने भएपनि भारत र अमेरिकाको उत्पादन बढेसँगै बिक्रिमा जोड दिएकाले चीनका उत्पादन पछि परेको द इकोनोमिक टाइम्सको रिपोर्टमा उल्लेख छ।
कोरोनाको लकडाउनभन्दा अघि चीन र ताइवानको चिप उत्पादनमा अधिकांश निर्भर हुन्थे।
भारत र अमेरिकाले पछिल्लो समय चीपको उत्पादन बढाई कमि हुन नदिन प्रतिस्पर्धामा उत्रिएकाले अन्तराष्ट्रिय बजारमा छाउन थालेकाले त्यसको असर चिनियाँ चिप उत्पादनमा देखिएको हो।
गत वर्ष सन् २०२१ भन्दा चालु वर्ष २०२२ को अगस्ट अन्तिमसम्म चिनियाँ चिप उत्पादन २४.७ प्रतिशतले घटेर २४.७ अर्ब संख्यामा सिमित भएको छ।
चीनमा उत्पादन हुने स्थानीय माइक्रोकम्प्युटरको उत्पादन पनि १८.६ प्रतिशतले घटेर ३ सय १७.५ अर्ब संख्यामा रहेको छ।
सन् २०२२ को अगस्ट ३ हजार ४ सय ७० वटा चिप उत्पादक कम्पनीहरुले व्यवसाय छाड्ने निर्णय लिएकाले समेत चिनियाँ चिप उत्पादनमा कमी देखिएको हो।
प्रतिस्पर्धी बजारमा कहिले कुनै देशका उत्पादन र कुनै कम्पनीका चिप प्रचारमा आउनु र कारोबार बढ्नुले उपभोक्तामा छनोट बढी हुने बताईएको छ।
प्रकाशित: ४ आश्विन २०७९, मंगलवार