एभरेष्ट बैंकको इ-पैचो फोनलोन

  • Technology Khabar | ३ आश्विन २०७९, सोमबार
एभरेष्ट बैंकको इ-पैचो फोनलोन

काठमाडौं ।

एभरेष्ट बैंकले इ-पैचो फोनलोन शुरु गरेको छ।

इबीएल टच २४ एपका योग्य प्रयोगकर्ताहरूका लागि उपलब्ध तुरुन्त धितो–रहित ऋण उपलब्ध गराएको एभरेष्ट बैंकले जनाएको छ।

एभरेष्ट बैंक खातावालाहरूले अब जमानत, कागजी कार्य, वा बैंक भ्रमण बिना तत्काल २ लाख रुपैयाँसम्म इ–पैचो फोनलोन ऋण पाउने छन्।

इ-पैचो फोनलोन विभिन्न समयको रूपमा भुक्तानी गर्न सकिन्छ। यसमा एक महिनाभित्र वा ३, ६, ९ वा १२ महिनाको लागि किस्ता (इएमआई) का आधारमा भूक्तानी गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।

इ-पैचो फोनलोनका लागि योग्य ग्राहकहरूले कुनै पनि फोनपे मर्चेन्टमा क्यूआर भुक्तानी प्रयोग गर्दा ‘बाइ नाउ पे लेटर’ सेवाहरू पनि प्राप्त गर्न सक्छन्।

यी सेवाहरूमा पहुँच प्राप्त गर्न ग्राहकहरूले प्रमाणित इमेल ठेगानाको साथ इ-पैचो फोनलोनमा दर्ता गर्नुपर्ने हुन्छ।

इ-पैचो फोनलोनको लागि योग्यता विभिन्न मापदण्डहरूको आधारमा स्वचालित रूपमा निर्णय गरिन्छ, जस्तै तलब खाता, नियमित कारोबार, बैंकसँग कुनै अन्य ऋण लगायत योग्य ग्राहकहरूले इ-पैचो फोनलोन आइकन र दर्ता गर्नुहोस्, बटन देख्न सकिनेछ।

ग्राहकहरूले इ(पैचो फोनेलोनका सबै सेवाहरू एक पटक दर्ता र इमेल प्रमाणीकरण गरेपछि प्राप्त गर्न सक्ने छन्।

प्रकाशित: ३ आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...