हिमालयन बैंकको क्यास डिपोजिट मेसिन सञ्चालनमा

  • Technology Khabar | ३ आश्विन २०७९, सोमबार
हिमालयन बैंकको क्यास डिपोजिट मेसिन सञ्चालनमा

काठमाडौं ।

हिमालयन बैंक लिमिटेडले न्यूरोड शाखामा क्यास डिपोजिट मेसिन (सीडीएम) संचालनमा ल्याएको छ।

सीडीएमबाट सेवाग्राहीले कुनै पनि समयमा कुनै झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सक्ने बैंकले जनाएको छ।

सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटीएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिन्छ।

मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्नेछन्।

हिमालयन बैंकको यस सुबिधाले बैंकका ग्राहकहरुलाई बैंकिङ कारोबारको समय अघि-पछि पनि थप सुबिधा मिल्ने बैंकको विश्वास छ।

हाल बैंकले नेपालभरी फैलिएको कूल ७४ शाखा, ५ विस्तारित काउन्टर, १५४ एटीएम र ६,००० भन्दा बढी पीओएस टर्मिनल बाट सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: ३ आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार