स्मार्टच्वाईस टेक्नोलोजीज र गेटवे पेमेन्ट सर्भीसबीच सम्झौता

Technology Khabar ३ आश्विन २०७९, सोमबार

काठमाडौं ।

स्मार्टच्वाईस टेक्नोलोजीजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र गेटवे पेमेन्ट सर्भीसले सञ्चालन थालनीको तयारी गरेको युपीआइ नेपाल क्यूआर बिच अन्तरआवद्धताको लागि सम्झौता सम्पन्न भएको छ।

नेपाल राष्ट्र बैंकले जारी गरेको परिपत्रमार्फत सबै अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकलाइ अन्तरआवद्धताको लागि दिएको निर्देशन अनुरुप यो सम्झौता सम्पन्न भएको हो ।

उक्त सम्झौतामा स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु तथा गेटवे पेमेन्ट सर्भीसको तर्फबाट महाप्रबन्धक प्रवीण रेग्मीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

स्मार्टच्वाईस टेक्नोलोजिज र नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इंडियामा आवद्ध भुक्तानी संयन्त्र मार्फत नेपाल र भारतबीच पनि कारोबार गर्न सकिने सुरु गर्ने अन्तिम तैयारीमा रहेको गेटवे पेमेन्ट सर्भीसबीच भएको यस सम्झौताले मुलुकको डिजिटल भुक्क्तानी प्रणालीको विकास तथा प्रबन्धनमा टेवा पुग्ने बताइएको छ।

यस सम्झौता पश्चात युपीआइ नेपाल क्यूआरको सुविधा लिने विभिन्न व्यापार—व्यवसायलाई स्मार्ट क्यूआरको नेटवर्क अन्तरगत रहेको भुक्तानी सेवा प्रदायक वालेट तथा मोबाइल बैंकिङ्ग एप मार्फत ग्राहकहरुले सहज र सुरक्षित रुपमा भुकतानी गर्न सक्नेछन् भने स्मार्ट क्यूआर मार्फत भुक्तानी लिँदै आएका व्यापार—व्यवसायले युपीआइ नेपाल क्यूआर नेटवर्कमा आवद्ध ग्राहकहरु मार्फत पनि भुक्तानी लिन मिल्ने भएको छ।

प्रकाशित: ३ आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया