भिभो वाई५२टी फाइभजी दुई सीपीयू भेरियन्टमा सार्वजनिक

Technology Khabar ३ आश्विन २०७९, सोमबार

काठमाडौं ।

भिभोले चीनमा भिभो वाई५२टी फाइभजी फोन सार्वजनिक गरेको छ। साथै कम्पनीले घरेलु बजारका लागि भिभो वाई३२टी फोरजी एलटीई फोन पनि सार्वजनिक गरेको गिज्मोचाइनाले उल्लेख गरेको छ।

भिभो वाई५२टी फाइभजी दुई सीपीयू भेरियन्टमा उपलब्ध छ।

भिभो वाई५२टी फाइभजीमा रहेको ६.५१ इन्चको आईपीएस एलसीडी डिस्प्लेले ७२० वाई १६०० पिक्सेलको एचडी प्लस रिजोल्युसनमामा २०ः९ एसपेक्ट रेसियो र ८९ प्रतिशत स्क्रिन टू बडी रेसियो छ।

फोनमा सेल्फी र भिडियो कलिङका लागि ८ मेगापिक्सलको क्यामरा दिइएको छ भने १३ मेगापिक्सलको मुख्यसहित २ मेगापिक्सलल म्याक्रो डुअल क्यामरा सेटअप छ।

भिभो वाई५२टीको हेलियो जी७० चिपसेट भेरियन्टमा ८ जीबी एलपीडीडीआर४एक्स र्यामा र १२८ जीबी यूएफएस २.१ स्टोरेज छ।

यसले ब्लूटुथ ४.२ कनेक्टीभिटी सपोर्ट गर्छ। स्न्यापड्रागन ६८० भेरियन्टमा ८ जीबी रएलपीडीडीआर४एक्स र्याम र २५६ जीबी यूएफएस २.२ स्टोरेट छ। यो भेरियन्टले ब्लूटुथ ५.० कनेक्टिभिटी सपोर्ट गर्छ। दुवै स्मार्टफोनका विशेषताहरु समान छन्।

५००० एमएएच ब्याट्रीले १८ वाटको चार्जिङ सपोर्ट गर्छ। सुरक्षाका लागि साइडमा फ्रिन्गरप्रिन्ट स्क्यान्नर दिइएको छ। साथै फोनमा फेस अनलक, डुअल सिम, फोरजी भीओएलटीई, डुअल बान्ड वाईफाई, ब्लूटुथ, जीपीएस र ३.५ एमएम अडियो ज्याक छ।

हेलियो जी७० भेरियन्टको मूल्य १५७ अमेरिकी डलर र स्न्यापड्रागन ६८० भेरियन्टको मूल्य १८६ अमेरिकी डलर तोकिएको छ।

प्रकाशित: ३ आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया