Technology Khabar ३ आश्विन २०७९, सोमबार
काठमाडौं ।
टेस्लाले उत्पादनमा अर्को महत्वपूर्ण माइलस्टोन पार गरेको छ। इलेक्ट्रेकका अनुसार कम्पनीको अमेरिकाको टेक्सास स्थित गिगाफ्याक्ट्रीले हालै आफ्नो १० हजार मोडेल वाई एसयूभी उत्पादन गरेको छ।
अर्को वर्ष साइबरट्रक किन्न चाहनेका लागि यो उपलब्धि सुखद समाचार हुन सक्छ। टेस्लाले मुख्य रुपमा टेक्सासमा पिकअप ट्रक निर्माण गर्ने योजना बनाएको छ।
अटोमेकरले शुरुमा २०२१मा भोल्युमा उत्पादन शुरु गर्ने अपेक्ष गरेको थियो। तर त्यसपछि साइबरट्रकलाई २०२२ र त्यसपछि २०२३ मा उत्पादन गर्ने जनाएको छ।
रिपोर्ट अनुसार टेस्लाको अर्को ईभी नआउनुको मुख्य कारणको रुपमा कम्पनीको अर्को पुस्ताको ४६८० ब्याट्री सेलहरुसँग सम्बन्धित अवरोध रहेको बताइएको छ।
२०२० मा टेस्लाका सीईओ इलन मस्कले कम्बसन इन्जिन युक्त कारभन्दा सस्तो लागतका विद्युतीय सवारी ल्याउने बताएका थिए।
टेस्लाको ब्याट्री साझेदार पानासोनिकले ठूलो परिणाममा ब्याट्रीहरु उत्पादन गर्न सकेको छ। जसका कारणले पनि कम्पनीले आफ्नो योजना अनुसार उत्पादन गर्न सकिरहेको छैन।
टेस्लाले गत अप्रिलमा ४६८० ब्याट्री सेल उक्त एसयूभी बिक्री शुरु गरेको हो। ५९ हजार ९९० अमेरिकी डलर शुरुवाती मूल्य रहेको ईभीले सिंगल चार्जमा २७९ माइलको रेञ्ज प्रदान गर्छ।
प्रकाशित: ३ आश्विन २०७९, सोमबार