संविधान दिवसको अवसरमा नेपाल टेलिकमको सस्तो दरमा डाटा उपलब्ध

  • Technology Khabar | २ आश्विन २०७९, आईतवार
संविधान दिवसको अवसरमा नेपाल टेलिकमको सस्तो दरमा डाटा उपलब्ध

काठमाडौं ।

नेपाल टेलिकमले संविधान दिवसको अवसरमामा अफर उपलब्ध गराएको छ। कम्पनीले असोज ३ गते मनाइने संविधान दिवस­२०७९ को अवसरमा नेपाल टेलिकमले संविधान दिवस अफर उपलब्ध गराएको हो।

कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याक उपलब्ध गराएको हो। यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म उपलब्ध हुनेछ ।

अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु. ९८ मा खरिद गर्न सकिने छ। त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु. ४९ मा उपलब्ध हुनेछ ।

यसका साथै यस अफर अन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक जम्मा रु. २९४ मा खरिद गर्न सकिने छ । असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ ।

यस अफरबाट ग्राहकहरुले लाभ लिनुहुने अपेक्षा कम्पनीको रहेको छ ।

प्रकाशित: २ आश्विन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार