ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत दशैंको किनमेल गर्दा आईफोन १३ जित्ने मौका

  • Technology Khabar | १ आश्विन २०७९, शनिबार
ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत दशैंको किनमेल गर्दा आईफोन १३ जित्ने मौका

काठमाडौं ।

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशन ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत भुक्तानी गरी दशैंको किनमेल गर्दा २ जना भाग्यशाली प्रयोगकर्ताहरुलाई आईफोन १३ प्रदान गर्ने भएको छ ।

असोज १ देखि महिनाभर चल्ने यो अभियानअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत कारोबार गरी सामान खरिद गर्दा यस अभियानको अन्त्यमा गोलाप्रथा मार्फत २ जना भाग्यशाली ग्राहकहरुलाई आइफोन १३ प्रदान गरिने बताइएको छ।

यस योजनामा सहभागी हुनको लागि असोज महिनाभर रु. ५०० वा सो भन्दा बढिको क्यूआर मार्फत कम्तीमा ६ वटा भुक्तानी भएको हुनुपर्नेछ ।

बैंकले यो योजना स्विफ्ट टेक्नोलोजिज् प्रा.लि.तथा स्मार्ट च्वाइस टेक्नोलोजिज् प्रा.लिसँगको सहकार्यमा ल्याएको जनाएको छ।

प्रकाशित: १ आश्विन २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...