
काठमाडौं ।
नेपालको आर्थिक विकासका लागि न्यून कार्बनयुक्त उत्थानशील आवश्यक रहेको विश्व बैंकले सुझाब दिएको छ।
नेपालको यातायात क्षेत्र आर्थिक विकासको ठूलो भाग भएपनि विपद्को घटनाका कारण सडक बन्द एवं क्षतिग्रस्त हुँदा रोजगारी, स्वास्थ्योपचार तथा शिक्षाको पहुँच कम हुन जाने, व्यापार व्यवसायमा घाटा हुने र खाद्य असुरक्षा बढ्ने गरेको विश्व बैंकले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदन अनुसार जलवायु परिवर्तनका कारण यातायात क्षेत्रले झण्डै वार्षिक २ करोड ५० अमेरिकी डलर मूल्य चुकाउनुपर्ने अनुमान गरेको छ।
उत्थानशील सम्पर्कता (कनेक्टिभिटी) अभिवृद्धि गर्न नेपालले सबैभन्दा महत्वपूर्ण यातायात करिडोरलाई पक्की बनाई जलवायुमैत्री मर्मत सम्भार योजना नेपालले तयार गन सक्ने सुझाब विश्व बैंकको छ।
नेपाली अर्थतन्त्र तथा जीवनशैली जलवायु परिवर्तनको उच्च जोखिममा रहेको विश्व बैंकको अध्ययन प्रतिवेदनले अध्ययन प्रतिवेदनले जनाएको छ।
विश्व बैंकले नेपालको राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदनले अर्थतन्त्रको सन्निकट जोखिम न्यूनीकरणका लागि विकास मोडलमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याएको छ।
जलवायु परिवर्तन र विकासका अवधारणलाई एकीकृत गर्दै नयाँ मार्गचित्र तय गर्नका लागि गरिएको अध्ययन प्रतिवेदन बृहत्तर विकासका लक्ष्य हासिलमा केन्द्रित रहेको उल्लेख गरेको छ।
नेपालमा आपूर्ति श्रृंखला, कृषक र सहरी बासिन्दाहरू यसअघि नै बाढी, पहिरो तथा खडेरी जस्ता जलवायु परिवर्तनका विनाशकारी असरको सामना गरिरहेका छन्।
विश्व बैंकको प्रतिवेदनले भने हरित तथा उत्थानशील विकासका लागि संगठित प्रयास गरिएन भने भविष्यमा आउने जलवायुजन्य प्रकोपले देशको दीर्घकालीन विकासलाई जोखिममा पार्ने औँल्याएको छ।
प्रकाशित: ३१ भाद्र २०७९, शुक्रबार