दिल्लीले बनायो विद्युतीय सवारी चार्जर डाटाबेस, नेपालमा पनि चार्जिङ स्टेसन सहज हुँदै

  • Technology Khabar | ३१ भाद्र २०७९, शुक्रबार
दिल्लीले बनायो विद्युतीय सवारी चार्जर डाटाबेस, नेपालमा पनि चार्जिङ स्टेसन सहज हुँदै

काठमाडौं ।

विद्युतीय सवारीको प्रयोग बढ्दै गएकाले भारतको दिल्ली सरकारले विद्युतीय सवारीको चार्जर र ब्याट्री स्वापिङ स्टेसनको सहज पहुँचका लागि डाटाबेस सिस्टम सार्वजनिक गरेको छ।

दिल्ली सरकारले उक्त डाटाबेस ‘स्वीच दिल्ली’ पोर्टलमा सार्वजनिक हो।
यो प्रणालीमा दिल्लीमा उपलब्ध सबै विद्युतीय सवारी बिक्रेताहरु उपलब्ध हुनेछन्।

दिल्ली सरकारले बनाएर सार्वजनिक गरेको यो प्रणालीमा दिल्ली भित्र बनेका सबै चार्जजिङमा खुला रुपमा आम उपभोक्तालाई पहुँच दिनेछ।

हाल दिल्लीमा २ हजार ५ सय चार्जिङ स्टेसन रहेका छन्।

२०२१ को सुरुवातमा दिल्ली सरकारले बस ट्रान्जिट ओपन डाटाबेस ल्याएको थियो। यस्तै डाटाबेसमा गुगल, ओला, उबरलगायतका कम्पनीहरु चल्दै आएका छन्।

हाल दिल्लीका विभिन्न स्थानमा २ हजार ५ सयओटा चार्जिङ तथा ब्याट्री स्वापिङ स्टेसन रहेका छन्।

यो २०२५ सम्ममा १० हजारभन्दा बढी हुने अनुमान दिल्ली सरकारले जनाएको छ।

यसैबीच नेपालमा पनि विद्युतीय सवारीको प्रयोग बढ्दै गएकाले चार्जिङ स्टेसनको माग समेत बढेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

प्राधिकरणले निर्माण गरिरहेको ५१ वटा चार्जिङ स्टेसन छिट्टै सञ्चालनमा आउँदै छ। गत तिजको दिन रत्नपार्कमा निर्माण भएको चार्जिङ स्टेसन सञ्चालनमा आइरहेको प्राधिकरणको भनाई छ।

निजी क्षेत्रबाट पनि ठूलो संख्यामा चार्जिङ स्टेसन निर्माणको कार तीब्र गतिमा भइरहेको छ।

विद्युतीय कार बिक्रेताहरु टाटा, हुन्डाई, एमजी, किया, एमजी, दिगोलगायतले सहरी क्षेत्रका साथै राजमार्गहरुमा समेत चार्जिङ स्टेसन बनाइ रहेको प्राधिकरणले जनाएको छ।

नेपाली बजारमा कारमात्र होइन दुई पांग्रेदेखि ठूला बससम्म विद्युतीय आउन थालेका छन्।

टाटा, हुन्डाई, किया, एमजीलगायत विद्युती सवारी बिक्रीकर्ताहरु अधिकांशले स्टेसन बनाउने कामलाई विशेष प्राथमिकता दिएका छन्।

हाल नेपाली बजारमा सबैभन्दा धेरै बिक्री भएको विद्युतीय सवारीमा निजी कार सहित विद्युतीय स्कुटर तथा मोटरसाइकल, विद्युतीय रिक्सा बिक्री हुने गरेको कम्पनीहरूले जनाएका छन्।

काठमाडौं लगायत  शहरी क्षेत्रमा मात्रै ईभी चलाउने हो भने घरमा राखिने चार्जरबाट चार्ज गर्दा नै पर्याप्त हुन्छ।

यसको साथै राजमार्गमा विद्युतीय कार चलाउँदा केहि किलोमिटर क्षेत्रमा चार्जिङ स्टेसनको आवश्यकता पर्ने भएकाले विद्युतीय सवारीको फास्ट चार्जर अनिवार्य छ।

हुन्डाई मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सबै स्थानलाई समेट्नेगरी अहिलेसम्म देशका विभिन्न ४० स्थानमा चार्जिङ स्टेसन स्थापना गरिसकेको छ।

सिप्रदीले मुख्य हाइवेको १५० किलोमिटरमा यस्तो फास्ट चार्जर जडान गर्ने योजनासहित काम गरिरहेको छ।

नेपालमा पनि चार्जिङ स्टेसनको एकीकृत डेटाबेस बनाउँदा विद्युतीय सवारी उपभोक्तालाई सहज हुने र यसको स्वीकार्यता बढ्ने भएकाले योजना रहेको प्राधिकरणको दाबी छ।

प्रकाशित: ३१ भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...