दक्षिण कोरियाको ‘क्रिप्टोक्र्यास’ मालिकलाई पक्राउ पुर्जी

  • Technology Khabar | ३० भाद्र २०७९, बिहीबार
दक्षिण कोरियाको ‘क्रिप्टोक्र्यास’ मालिकलाई पक्राउ पुर्जी

काठमाडौं ।

दक्षिण कोरियाको ‘क्रिप्टोक्र्यास’ मालिक डो क्वोनलाई पक्राउ पुर्जी जारि भएको छ।

टेरा लुना र टेरायूएसडी क्रिप्टोकरेन्सीहरू पछि कम्पनीको सह–संस्थापक डो क्वोनको लागि १ दक्षिण कोरियाली अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

सिङ्गापुरमा दर्ता भएको टेराफर्म ल्याब्सले पूँजी बजार नियम उल्लङ्घन गरेको अभियोजकहरूले आरोप लगाएका छन्।

टेरा लुनाले मे मा यसको मूल्यको ९९% गुमाएकाले समेत ‘क्रिप्टोक्र्यास’ घाटामा गएको बिबिसीले जनाएको छ।

पक्राउ पूर्जी पाएका क्वोनले बिहीबार तुरुन्तै प्रतिक्रिया दिन सहज नहुनुका साथै उनि सिंगापुर वा दक्षिण कोरिया कहाँ रहेका छन् इन्टरपोल र सिंगापुर प्रहरीले केहि बताएका छैनन्।

क्वोनले क्रिप्टो शो कोइनेजसँग भर्खरैको अन्तर्वार्तामा दक्षिण कोरिया फर्कने वा नफर्काउने निर्णय गर्न “एक प्रकारको कठिन” भएको बताए।

जसका कारण उनि सिंगापुरमा रहेको र इन्टरपोलद्वारा दक्षिण कोरिया पठाइने तयारी रहेको शंका गरिएको भएपनि दक्षिण कोरियासँग सुपुदर्गी नभएको बीबीसीले जनाएको हो।

दक्षिण कोरियाको अभियोजकको कार्यालयका प्रवक्ताले क्वोन र यस मुद्दामा संलग्न अन्य पाँच व्यक्तिलाई पक्राउ पुर्जी जारी गरिएको जानकारी दिएपनि गिरफ्तार गर्ने अधिकारीहरू कत्तिको नजिक थिए भनेर प्रष्टाएका छैनन्।

उनले “अनुसन्धानकर्ताहरूसँग कहिल्यै सम्पर्कमा नभएको” दाबी पनि गरे।

फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार पक्राउ पूर्जी दिइएका क्वोनलाई सिंगापुरबाट पक्राउ गरी सुपुर्दगी गर्ने योजना बनाइरहेको र उनको राहदानी रद्द गरेर अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलसँग काम भइरहेको छ।

प्रकाशित: ३० भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...