दार्चुलाको विकट छाङरुमा नेपाल टेलिकमको फोरजी सेवा शुरु, १२०  घरधुरी लाभान्वित हुने

  • Technology Khabar | ३० भाद्र २०७९, बिहीबार

काठमाडौं ।

नेपाल टेलिकमले दार्चुलाको विकट स्थान छाङरुमा बुधबारदेखि फोरजी सेवा सञ्चालनमा ल्याएको छ। त्रिदेशीय सीमाना पर्ने दार्चुलाको ब्यास गाउँपालिकामाअवस्थित छाङरुमा नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर सेवा सञ्चालनमा ल्याएको हो। यससँगै नेपाल टेलिकमको फोरजी सेवापश्चिम नेपालको अन्तिम सीमानासम्म पुगेको छ।

फोरजी सेवाका लागि नेपाल टेलिकमले दार्चुलाको महाकाली नगरपालिकास्थित न्यु बालाशिखरस्थित रिपिटर स्टेशनबाट व्यास गाउँपालिकाको ब्रम्हलेकसम्म माइक्रोवेभ रेडियो लिंकमार्फत र त्यहाँबाट ज्याक्ती हुँदै छाङरुसम्म आवश्यक नेटवर्क निर्माण गरेको हो। ज्याक्ती र छाङरुका लागि आवश्यक उपकरण दार्चुलाको खलंगादेखि हेलिकप्टरबाट ४५ किलोमिटरको एरियल डिस्टेन्समा ढुवानी गरिएको थियो।

अब छाङरुमा रहेका करिव १२० जति घरधुरी र ७ सय जति जनसंख्यातथाअन्य क्षेत्रका गरी करिव ४ हजार जनसंख्या यसबाट प्रत्यक्ष लाभान्वित हुनेछन्। अब छाङरुको वरिपरि रहेकालिपुलेक, कालापानी रलिम्पियाधुरा क्षेत्रका गुन्जी, नाभी र कुटी तथा टिंकर लगायतका क्षेत्र र सीमानासम्मफोरजीको पहुँच पुगेको छ।

नेपाल टेलिकमले सञ्चालनमा ल्याएको सो क्षेत्रमा ब्यान्ड २० अर्थात ८०० मेगाहर्जमा मोबाइलमार्फत भ्वाइस र डाटाचलाउन सकिन्छ। यो स्थानमा सशस्त्र प्रहरीको बेस क्याम्पतथा नेपाल सरकारका अन्य विभिन्न कार्यालय समेत रहेका छन्।

विकट र दुर्गम स्थानमा समेत सेवा उपलब्ध गराउने नेपाल सरकारको नीतिअनुसार नेपाल टेलिकमले देशकाविभिन्न विकट स्थानमा हेलिकप्टरमार्फत उपकरण ढुवानी गरेर पनि सेवा उपलब्ध गराइरहेको छ। यसैको निरन्तरताको रुपमा छाङरुमा समेत सेवा उपलब्ध भएको छ।

प्रकाशित: ३० भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार