
काठमाडौं ।
नेपालमा आज विहिबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु भएको छ।
ललितपुरमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमडीएमएसको उद्घाटन गर्दै आगामी निर्वाचन पछिको १० वर्षभित्र नेपाललाई दक्षिण एसियामा समृद्ध मुलुकको रुपमा चिनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले आउँदो मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई समृद्ध मुलुक निर्माण गर्ने अभियानमा प्रविधि नै अगाडी हुने दाबी गरे।
मन्त्री कार्कीले मुलुकको अर्थतन्त्र श्रीलङ्का जस्तो हुनै नसक्ने दाबी गर्दै प्रविधिको विकासले अर्थतन्त्र बलियो हुने उल्लेख गरे।
उनले दूरसञ्चार प्राधिकरणको एमडिएमएसले चोरी र गैर कानूनी मोबाइल अयातमा कटौति भई प्रविधिसँगै मोबाइल आयातद्वारा राजस्वमा वृद्धि हुनेमा जोड दिए।
जनताबाट अनुमोदित भएर समृद्वि दिशामा देशलाई निर्देशित गर्नुपर्ने अहिलेको अवस्था रहेको मन्त्री कार्कीले बताए।
प्रविधिको सम्भावनाले आर्थिक विकास हुने अवसरको रूपमा परिणत गरेर अगाडि बढ्नुको विकल्प नभएको उनको भनाई थियो।
अर्थतन्त्रलाई चलायमान बनाई समुन्नत नेपाल निर्माण गर्नका लागि मुलुकका सामु धेरै सम्भावना रहेको उल्लेख गर्दै सञ्चार सचिव डा. बैकुण्ठ अर्यालले यसको प्रभावकारी कार्यान्वयनमा ढिलाई भएपनि पूर्ण लागु गर्न लामो समय नलिन म्बन्धित निकायलाई सचेत गराए।
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले गैर कानुनी मोबाइल आयातमा कडाइ भएपनि सिमकार्डको प्रयोग नगरि इन्टरनेट र ल्यापटप तथा डेस्कटपको प्रयोग हुनेमा रोक्न नसकिने भएकाले निरूत्साहितको लागि अझै तगारो रहेको जानकारी दिए।
उनले नेपालमा लागू भएको एमडीएमएस प्रणालीले चोरी मोबाइल बन्द हुनेमा अझै शंका रहेकोले सबै नागरिक स्वार्थबाट टाढा रहि सामाजिक उत्तरदायित्व पूरा गर्नुपर्ने बताए।
चोरीको मोबाइल नचल्ने भ्रममा नपरी गैरकानूनी प्रविधिलाई हटाउन सबै अग्रसर हुनुपर्ने र उपहारको नाममा मनोपली गर्न नहुनेमा सचेतना कार्यक्रमम दूरसञ्चार प्राधिकरणले अघि सार्ने योजनामा रहेको जनाएको छ।

बैद्य मोबाइल मात्र पहिचान हुने भएकाले गैर कानूनी आयातमा कडाई हुने र अटेर गर्नेलाई कारबाहि हुने प्राधिकरणको भनाई छ।
भदौं ३० गतेसम्म खरिद भएको तथा गैर कानूनी रूपमा आयात भई प्रयोगमा आएका मोबाइललाई खूला गरि एमडीएमएस प्रणालीमा गाभिएको भएपनि भोली शुक्रबार भदौ ३१ गतेदेखि त्यस्ता मोबाइलमा कडाई नहुने प्राधिकरणले सचेत गराएको छ।
अबदेखि मोबाइल खरिद गर्दा मोबाइल सेट एमएडीएमएस(mdms.nta.gov.np) प्रणाली मा दर्ता भएको नभएको यकिन गरेर मात्र खरिद गर्न प्राधिकरणले आग्रह गरेको छ।
प्रकाशित: ३० भाद्र २०७९, बिहीबार