
काठमाडौं ।
अनरले भर्खरै अनर प्याड एक्स८ आईएफए २०२२ मा सार्वजनिक गरेको छ। यो डिभाइस बिक्रीका छिट्टै उपलब्ध हुने संकत गर्दै कम्पनीको ग्लोबल वेबसाइटमा देखिएको गिज्मोचाइनाले उल्लेख गरेको छ।
साइटमा डिभाइसको केही फिचरहरु पनि उल्लेख गरिएको थियो। अन्य फिचरहरु आईएफए इभेन्टमै प्रस्तुत गरिएको थियो।
अनर प्याड एक्स८ लाइटको मोटाई ७.५५ एमएम र तौल ४६० ग्राम छ। यसमा १२८० वाई ८०० पिक्सल रिजोल्युसन भएको ९.७ इन्चको एलसीडी प्यानल छ। एन्ड्रोइड १२ अपरेटिङ सिस्टमा म्याजिक यूआई ६.१ बुट गरिएको छ। यसले प्रयोगकर्ताहरुलाई मल्टि विन्डो स्पिकर प्रयोग गरेर एउटा स्क्रिनमा ४ ओटा विन्डोजसम्म सञ्चालन गर्ने अनुमति दिन्छ।
३ जीबी र ४ जीबी र्याममा उपलब्ध ट्याब्लेटमा हेलियो जी८० चिपसेट दिइएको छ। ३२ जीबी स्टोरेज क्षमता सहित माइक्रोएसडी कार्ड स्लट दिइएको छ। ५१०० एमएएचको ब्याट्रीले १० वाट चार्जिङ सपोर्ट गर्छ।
ब्याक प्यानलमा फ्ल्यास लाइट बिनाको ५ मेगापिक्सलको क्यामरा र सेल्फी र भिडियो कलिङका लागि २ मेगापिक्सलको क्यामरा दिइएको छ। दुई स्पिकरहरु रहेको डिभाइसले हिस्टेन अडियो सपोर्ट गर्छ।
अनर प्याड एक्स८ मा कनेक्टिभिटीका लागि डुअल ब्यान्ड वाईफाई। ब्लुटुथ ५.१ र यूएसबी-सी पोर्ट छ। यसमा सिम कार्ड स्लट र ३.५ एमएम अडियो ज्याक छैन।
अनर प्याड एक्स८को मूल्यको सम्बन्धमा कम्पनीको तर्फबाट आधिकारिक जानकारी आएको छैन। गिज्मोचाइनका अनुसार यसको मूल्य २०० अमेरिकी डलर आसपास हुनेछ।
प्रकाशित: ३० भाद्र २०७९, बिहीबार