काठमाडौं ।
इलेक्ट्रिक कार निर्माता निओको पहिलो प्रिमियम स्मार्टफोन अर्को वर्ष सार्वजनिक हुनेछ। नयाँ रिपोर्ट अनुसार निओ फोन यस वर्ष पनि उपलब्ध हुने सम्भावना रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
ओयाङ चेनले विवोमा कम्पनी अहिले अन्य प्रोजेक्टहरुमा केन्द्रित रहेकाले फोन अर्को वर्ष सार्वजनिक हुने बताएका छन्।
ब्लगरका अनुसार यदि फोन यस वर्ष सार्वजनिक गरिन्छ भने यो ओडीएम व्यापार मोडल अन्तर्गत निर्माण गरिन्छ। यो भनेको अन्य कम्पनीद्वारा डिजाइन र निर्माण गरिनेछ।
यो निओको चाहना हैन। कम्पनी आफ्नो पहिलो स्मार्टफोन आफै उत्पादन गर्न चाहन्छ। जसका कारणले पनि उत्पादनमा ढिलाइ भइरहेको छ।
एप्पलले आईफोन आफै उत्पादन नगरेर फक्सकोन मार्फत उत्पादन गरिरहेको छ। यस्तोमा निओेले पनि एप्पलकै बाटो पछ्याउने सम्भावनालाई नकार्न सकिँदैन।
निओले आफ्नो फोनका लागि धेरै प्रयास गरिरहेको छ। कम्पनीले माइटूका पूर्व अध्यक्षलाई फोन व्यवसायका लागि नियुक्त गरेको छ। यसले पनि कम्पनी सम्भवत उपकरण निर्माणमा आफै संलग्न हुन चाहेको देखिन्छ। कम्पनीले आफ्नो पहिलो फोन अन्य निर्माताद्वारा उत्पादन गर्ने विषयलाई अस्वीकार गरिरहेको छ।
फोनमा विशेष गरी निओका इलेक्ट्रिक कारहरुसँग अन्तरक्रियाका लागि डिजाइन गरिएका धेरै नयाँ फिचरसहित बजारमा आउने विश्वास गएिको छ।
यसमा नोमी मोबाइल संस्करण हुनेछ। भर्चअल भ्वाइस एसिस्टेन्ट, फोनले कारसँग फाइलहरु आदानप्रदान गर्न र एआर र भीआर संसाधनहरु प्रोजेक्ट गर्न सक्षम हुनेछ।
निओका अध्यक्ष विलियम लीले हालेको टक शोमा कम्पनी अझै अनुसन्धान चरणमा रहेको बताएका थिए। ग्राहकहरुको चाहना कम्पनीले ल्याउने मोबाइल कारसँग राम्रोसँग जडान होस् भन्ने रहेको पनि उनले बताए।
कम्पनीले आफ्नो नयाँ फोनका लागि व्यावसायिक सफलता हेरेको छैन।
कम्पनीले निओ कार मालिकहरुको ग्याप भर्ने र अनुभव बढाउन चाहन्छ। फोन कारका लागि थप उपकरण हुनेछ।
प्रकाशित: ३० भाद्र २०७९, बिहीबार