सानिमा बैंकका ग्राहकलाई दराजमा छुट, कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत छुट

  • Technology Khabar | २९ भाद्र २०७९, बुधबार
सानिमा बैंकका ग्राहकलाई दराजमा छुट, कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत छुट

काठमाडौं ।

नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “दशैं धमाका” योजनामा विशेष छुट दिने सहकार्य भएको छ।

योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानीगर्दा दराजबाट सामानखरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानीगर्दा १५ प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ ।

योजनाअवधिभर सहभागीहुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता”को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नु पर्नेछ। यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्नेछन्।

यो योजना २०७९ भदौं २९ देखि असोज ११ गतेसम्म १४ दिनका लागि लागू हुनेछ। साथै, सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई मासिक किस्ताबन्दी (ईएमआई) सुविधा लिंदा ५०० रुपैयाँको क्यास ब्याक पनि प्रदान गर्नेछ । क्यास ब्याक योजना २०७९ असोज १ देखि कार्तिक ३० गतेसम्म लागू हुनेछ।

सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेबसाइटबाट आवेदन दिन सकिन्छ।
बैंकको १२७ वटा कार्यालय तथा १२० वटा एटीएम संचालनमा रहेका छन्। साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट लगायतमा विशेष छुटको व्यवस्था रहेको छ।

प्रकाशित: २९ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दूर चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • २९ भाद्र २०७९, बुधबार