
काठमाडौं ।
शाओमीले चीनमा एप्पल आईफोनका लागि नयाँ एक्सेसरी सार्वजनिक गरेको छ। उक्त उत्पादन वायरलेस पावर बैंकका साथै एक वायरलेस चार्जर भएको गिज्मोचाइनाले उल्लेख गरेको छ।
शाओमी म्याग्नेटिक वायरलेस पावर बैंकको मूल्य २९ अमेरिकी डलर तोकिएको छ।
शाओमीको नयाँ एक्सेसरी आइफोन १३ र आईफोन १२ का लागि डिजाइन गरिएको छ।
आईफोन १४सँग पनि यसको पूर्ववर्तीहरु जस्तै लगभग समान डाइमेन्सन छन्। नयाँ चार्जर भर्खर सार्वजनिक भएको आईफोन १४ मा उपयुक्त हुन्छ कि हुँदैन भन्ने विषय जानकारीमा नभएको गिज्मोचाइनाले लेखेको छ।
चार्जरले आईफोन १४ मा पनि काम गर्न सक्छन्। यद्यपि यस विषयमा शाओमीको आधिकारिक वेबसाइटमा उल्लेख गरिएको छैन। नयाँ चार्जरको डेलिभरी मिती पनि घोषणा भइसकेको छैन।
फिचरको कुरा गर्दा यो चुम्बकीय वायरलेस पावर बैंक र वायरलेस चार्जर हो। पावर बैंक र चार्जर मोड्युलर छन्। त्यसैले तिनीहरु अलग हुन सक्छन्। ग्राहकहरुले यूएसबी टाइप-सी एडप्टर छुट्टै खरिद गर्नुपर्छ।
पवार बैंकमा ५००० एमएएच क्षमताको ब्याट्री छ। बटन नथिचि स्वचालित रुपमा म्याग्नेटको सहयोगले आईफोन १२ र १३ चार्ज गर्न सकिने कम्पनीको दाबी छ।
यसले २० वाट इनपुट र १२ वाट आउटपुट यूएसबी टाइप-सी सपोर्ट गर्छ। वायरलेस चार्जिङ गर्नका लागि पोगो पिन दिइएको छ।
उत्पादन सेतो रंग विकल्पमा मात्र उपलब्ध छ।
प्रकाशित: २९ भाद्र २०७९, बुधबार