
काठमाडौं ।
आगामी दशै पर्वको लागि दराजले दशै धमाका बजारमा ल्याएको छ। नेपालको अग्रणी अनलाइन बजार दराजले आज बुधबारदेखि शुरु दशै धमाकामा ७०प्रतिशतसम्मको मेगा डिलको व्यवस्था छ।
यस्तै दशै धमाकामा २ हजार ५ सय रुपैयाँको प्रीपेमेन्ट छुट, रु.१० हजारसम्मको मेगा भाउचर, खेल एक रुपैयाँको हुनेछ।
एक रुपैयाँको खेल अन्तर्गत अमेज फिट जीटीएस मिनी, साृण्डकोर लाइफ नोट, एक जोडीको लागि यति एयलाइन्सको वान वे टिकट र मोटो जी २२ रहेका छन्।
आफ्नो पहिलो मेगा इभेन्ट दराज महोत्सव आयोजना गरेको कम्पनीले दशै धमाकाको बम्पर उपहारको रुपमा न्यू एन क्यू आई इलेक्ट्रिक स्कुटर जित्ने मौंका रहेको दराजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कार्ड प्रिपेमेन्ट छुटमा डेभिट कार्ड मार्फत १५ प्रतिशत र क्रेडिट कार्ड मार्फत २० प्रतिशत छुट रहेको दराजले जनाएको छ।
प्रकाशित: २९ भाद्र २०७९, बुधबार