Technology Khabar २९ भाद्र २०७९, बुधबार
काठमाडौं ।
नेपालमा भोली बिहिबारदेखि चोरीको मोबाइल नचल्ने भएको छ।
पाल दूरसञ्चार प्राधिकरणले बिहिबार मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु गर्ने हुँदा चोरीको मोबाइल कसैले प्रयोग गर्न नसक्ने भएका हुन्।
नेपाल दूरसञ्चार प्राधिकरणले भोली भदौं ३० गते बिहिबारदेखि यो प्रणाली लागु गर्न लागेको हो।
ललितपुरमा आयोजित एक कार्यक्रममा एमडीएमएसको सफ्ट लागु गरेको घोषणा गर्ने भएको प्राधिकरणका सहप्रवक्ता सहप्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिए।
टेक्नोलोजिखबरडटकमसँग कुरा गर्दै उनले भने,“यसअघि भदौ २४ गते शुक्रबार सफ्ट लागु भएको घोषणा गर्ने तयारी भएपनि प्राविधिक कठिनाईका कारण करिब १ हप्ता ढिला भएको हो।”
भोली सफ्ट लञ्ज भई लागु भएपछि अवैध मोबाइल फोन निरुत्साहित हुने सहप्रवक्ता मिश्रले ठोकुवा गरे।
उनले बैद्य मोबाइल मात्र पहिचान हुने भएकाले गैर कानूनी आयातमा कडाई हुने र अटेर गर्नेलाई कारबाहि हुने जानकारी दिए।
भोलीको सफ्ट लञ्चको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उद्घाटन गर्ने कार्यक्रमम रहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।
एमडीएमएस प्रणाली
१) यस प्रणालीमा पहिले नै दर्ता भइसकेका मोबाइलको हकमा यथावत् सञ्चालन जारी रहन्छ भने अनधिकृत रूपमा आयातित वा विदेशबाट आफन्तमार्फत ल्याएको तर दर्ता नभएका मोबाइलहरू नयाँ नियमको फन्दामा पर्न सक्छन्।
२) कुनै प्रयोगकर्तालाई सम्पर्क विच्छेद गराइदिनु प्राधिकरणको उद्देश्य होइन।
३) विहिबारदेखि दर्ता नभएका मोबाइलको हकमा एउटा एसएमएस जानेछ र त्यसले भनेबमोजिम दर्ता गर्नुपर्नेछ।
४) त्यस्तो दर्ता दुई किसिमबाट हुन्छः
५) अधिकृत आयातकर्तामार्फत बेचिएका फोन पहिले नै दर्ता भइसक्छन् र प्रयोगकर्ताले केही गर्नु पर्दैन।
६) चोरीपैठारीबाट आएका वा विदेशबाट आफन्तले ल्याएर दर्ता नगरिएका फोनको हकमा एमडीएमएस प्रणालीमा अनलाइनमार्फत दर्ता गर्नु पर्छ।
७) खुला सिमानाबाट अनुचित किसिमले आएका फोन वा आफन्तले ल्याएका फोन दर्ता नभएको हुनसक्छ।
८) त्यसका निम्ति दर्ता गर्न एसएमएस पठाइन्छ। छ महिनाभित्र त्यसरी दर्ता गरिसक्नु पर्छ।
९) “तर भदौ ३० पछि भित्रिने नयाँ मोबाइलको हकमा दर्ता नगरिए चल्न दिइने छैन।”
१०) फोनको आईएमईआई नम्बर प्राधिकरणको वेबसाइटमा गएर दर्ता गराउन सकिने छ।
प्रकाशित: २९ भाद्र २०७९, बुधबार