सामसङ, शाओमीको बाटो पछ्याउँदै एप्पल, अर्को वर्ष आईफोन १५ को अल्ट्रा भर्सन ल्याउने

  • Technology Khabar | २९ भाद्र २०७९, बुधबार

काठमाडौं ।

यस पटक एप्पलले आईफोन १४ सिरिजको स्याण्डर्ड र प्रो मोडेलहरू बीच ठूलो भिन्नता बनाएको छ। यी भिन्नताहरू अर्को वर्ष अझ गहिरो हुनेछन्।

प्रख्यात एप्पल विश्लेषक मिङ ची कुओकाअनुसार अर्को वर्ष आईफोन १५ लाईनअपले प्रमुख अपग्रेडहरू प्राप्त गर्नेछ, तर ती प्रो म्याक्स मोडलमा मात्र सीमित हुनेछन्। यससँगै अर्को रिपोर्टले अर्को वर्ष आईफोन १५ प्रो म्याक्सले नयाँ नाम पाउने जानकारी दिएको छ।

एप्पल विश्लेषक कुओले बताएअनुसार एप्पलले आईफोन १५ प्रो र आईफोन १५ स्याण्डर्ड मोडेलहरू बीच अझ धेरै भिन्नता सिर्जना गर्नेछ। यसको सहयोगमा कम्पनीले आफ्ना महँगो आइफोन मोडलको बिक्री बढाउने प्रयास गर्नेछ।

एप्पलको आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स बीचको मुख्य भिन्नता स्क्रिन र ब्याट्रीको साइज हो। कुओ भन्छन् कि अर्को वर्ष आईफोन १५ प्रो र आईफोन १४ प्रो म्याक्स बीच अझ धेरै भिन्नताहरू हुनेछन्।

यो सहयोगबाट एप्पलले आफ्नो हाई-एन्ड मोडलको बिक्री बढाउन सक्षम हुनेछ, जसबाट आफ्नो नाफा पनि बढ्न सक्छ।

अर्कोतर्फ ब्लूमबर्गका मार्क गुरम्यानका अनुसार आईफोन १५ प्रो म्याक्सले नयाँ नाम पाउन सक्छ। समाचारका अनुसार एप्पलको यो टप-एन्ड स्मार्टफोन आईफोन १५ अल्ट्राको रूपमा चिनिन सकिन्छ। यो नयाँ नामले यो डिभाइसलाई लाइनअपमा रहेका अन्य डिभाइसहरूबाट अलग गर्नेछ।

यो वर्ष एप्पलले आईफोन १४ को स्ट्यान्डर्ड मोडल र प्रो मोडलमा धेरै भिन्नता ल्याएको छ । गत वर्षको ए१५ चिपसेट स्ट्यान्डर्ड मोडलमा दिइएको छ भने नयाँ ए१६ चिपसेट प्रो मोडलमा मात्रै उपलब्ध छ। यससँगै प्रो मोडलको स्क्रिनमा पिल आकारको कटआउट दिइएको छ, जसले डायनामिक आइल्याण्ड फिचरलाई सपोर्ट गर्छ। ४८ एमपी प्राइमरी क्यामरा प्रो मोडलहरूमा दिइएको छ भने स्ट्यान्डर्ड मोडलमा थोरै ठूलो एपर्चरको १२ एमपी क्यामरा दिइएको छ।

प्रकाशित: २९ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार