नयाँ ‘सजिलो सेवा’ एप

  • Technology Khabar | २९ भाद्र २०७९, बुधबार

काठमाडौं ।

‘सजिलो सेवा’ले नयाँ ‘सजिलो सेवा’ एप बजारमा ल्याएको छ।

ग्राहकहरुका लागि यस एपद्वारा सहजै सेवा बुकिंग गर्न सकिने सजिलो सेवाले जनाएको छ।

यस्तै यो एपद्वारा लिने सबै सेवाहरुको मूल्य पारदर्शी रूपले एपमा देख्न सकिनेछ। उपभोक्ताले सेवा बुकिंग गर्नु अगावै आफुलाई चाहिएको सेवाको इस्टिमेट सहजै तुरुन्त प्राप्त गर्न सकिने सजिलो सेवाले जनाएको छ।

यस्तै आफ्नो अर्डरको स्थिति लाइभ अपडेट लिन मिल्नेछ। ३० दिनको सर्भिस वारेन्टी रहेको सजिलो सेवाको विभिन्न अनलाइन पेमेन्टको विकल्प रहेको छ। यसैगरी सजिलो एप मार्फत विभिन्न छुट तथा क्यासव्याकहरुको सुविधा रहेका छन्।

सन् २०१७ मा २ जना म्यानेजमेन्टका विद्यार्थीहरु र १ जना इन्जिनियरले काठमाडौँका घर तथा अफिसलाई दैनिक रुपमा चाहिने विद्युत तथा प्लम्बिंग सम्बन्धी सानोतिनो समस्याको लागि खेप्नुपर्ने सास्तीलाई समाधान गर्न व्यावसायिक मोडेलका साथ सजिलो सेवा कम्पनी सुरु गरेका हुन्।

यस कम्पनीले आफ्नो सुरुवाती दिनमै उद्यमशीलतालाई प्रोत्साहन दिनुका साथै टेलिभिजन रियालिटी शो “आइडिया स्टुडियो भाग २” मा धेरै प्रशंसा प्राप्त गरी सो सिजनको विजेता समेत बनेको थियो।

आफ्नो स्थापनाको ५ वर्ष मनाएको केहि समयमै प्रविधिमैत्री नवीनतालाई जारी राख्दै आइओएस र एन्ड्रोइडलाई हुने गरि नयाँ सजिलो सेवा एप लिएर आएका जनाएको छ। सजिलो सेवामार्फत २५० एक्सपर्टबाट ४० हजारभन्दा धेरलाई सेवा प्रदान गरेको कम्पनीले दाबी गरेको छ।

पछिल्लो समय कम्पनीले होम रिपेयर, होम सैलुन, इभेन्ट म्यानेजमेन्ट, मेडिकल टेस्ट एट होम, गार्डेनिंग, ड्राइभर, क्लिनिंग तथा पेस्ट कन्ट्रोल लगायत ५० भन्दा बढी सेवाहरु प्रदान गर्दै आएको कम्पनीले जनाएको छ।

वैदेशिक रोजगारीको बाध्यताबाट मुक्त गर्ने लक्ष्य लिएको सजिलो सेवाले आगामी ५ वर्ष भित्र ५ हजारभन्दा बढि जनशक्तिलाई रोजगारीको अवसर प्रदान गर्ने अपेक्षा गरेको छ।

प्रकाशित: २९ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया