
काठमाडौं ।
हामी फिल्म तथा कथामा उड्ने कारको बारेमा सुन्ने गछौं। अहिले उड्ने कार सपनामा मात्र सिमित छैन। यात्री बोकेर उड्न पनि सक्षम भइसकेका छन्। संसारका धेरै कम्पनीले फ्लाइङ कार लन्च गरिसकेका छन्। केही कम्पनी कारको प्रविधि उत्कृष्ट बनाउने योजनामा छन्।
इटालीको टस्कनी आधारित स्टार्टअप कम्पनी जेटसनले यस वर्ष आफ्नो फ्लाइङ कार जेटसन वान लन्च गरेको थियो। कम्पनीको फ्लाइङ कार पूर्ण रुपमा बिक्री भइसकेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
कम्पनीका अनुसार यो कारलाई संसारभरका मानिसले मन पराएका छन्।
रिपोर्टका अनुसार जेसन वान फ्लाइङ कार जमिनको सतहबाट १५ सय फिटको उचाईमा उड्न सक्छ। यो फ्लाइङ कार पूर्ण रुपमा ब्याट्रीबाट चल्ने (इलेक्ट्रिक) हो।
कार फूल चार्जमा ३२ किलोमिटर रेन्जसम्म उड्न सक्ने कम्पनीको दाबी छ। कार १०२ किलोमिमटर प्रति घण्टाको अधिकतम रफ्तारमा उड्न सक्षम छ। कम्पनीले कार लन्च गरेपछि केही यूनिट्स उत्पादन गरेको थियो। जसलाई कम्पनीले वर्ष भरिमा बिक्री गर्ने लक्ष्य लिएको थियो। बढ्दो मागका कारण कम्पनीको उत्पादन सबै बिक्री भइसकेको छ।
कम्पनीले एक फ्लाइङ कारको मूल्य ९० हजार अमेरिकी डल तोकेको छ। यो कार सबै प्रकारका ग्राहकले खरिद गर्न सक्नेछन्।
जेटसन वन एक भर्टिकल टेकअफ तथा ल्याडिङ (भीटीओएल) सवारी हो। जसलाई अक्टूबर २०२२ मा लन्च गरिएको छ। यसको तौल ८६ किलोग्राम छ र १०२ किलोमिटर प्रति घण्टाको अधिकतम गतिमा २० मिनेटसम्म उड्न सक्छ। यो संसारको पहिलो किफायती फ्लाइङ कार यो जसलाई चलाउन अमेरिकीमा कुनै प्रकारको विशेष फ्लाइङ लाइसेन्स आवश्यक नपर्ने कम्पनीको दाबी छ। यसमा एक जना मात्र यात्रा गर्न सक्छन्।
फ्लाइङ कारको तौल कम राख्नका लागि यसको ढाँचा पुर्ण रुपमा कार्बन फाइबरबाट बनाइएको छ। यसमा चार पंखा लगाइएको छ। यसलाई पावर दिनका लागि हल्का र हाई डेन्सिटीको लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ।
यस फ्लाइङ कारको केबिन पिन्जरा जस्तो छ। यात्रीको सुरक्षका लागि केबिनको चारै तर्फ पाइप जस्तो सुरक्षा घेरा बनाइएको छ।
यस फ्लाइङ कारमा प्रयोग गरिएको मोटर शक्तिशाली भएको जेटसनको दाबी छ। एउटा मोटर खराब भए पनि उड्नेगरी कारको इलेक्ट्रोनिक्स सिस्टम तयार गरिएको छ।
प्रकाशित: २९ भाद्र २०७९, बुधबार