आइएमई पे र क्रिस्टल डाइग्नोस्टिकबीच सम्झौता:१५% छुट

  • Technology Khabar | २८ भाद्र २०७९, मंगलवार
आइएमई पे र क्रिस्टल डाइग्नोस्टिकबीच सम्झौता:१५% छुट

काठमाडौं ।

आइएमई पे र सिनामंगल स्थित क्रिस्टल डाइग्नोस्टिकबीच साझेदारी सम्झौता भएको छ।

सम्झौता अनुसार क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा प्रयोगकर्ताहरुले फ्ल्याट १५% छुट प्राप्त गर्न सक्नेछन्।

महान चाड दसैं–तिहारको अवसर पारी सार्वजनिक गरिएको यस सम्झौता मार्फत आइएमई पेको प्रयोगकर्ताहरुले क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट पाउनेछन्।

हालको निम्ती ३ महिनाको लागि मात्र गरिएको यस सम्झौता मार्फत ग्राहकहरुले क्रिस्टल डाइग्नोस्टिकको आउटसोर्सिङ टेस्ट र अल्ट्रासाउन्ड सेवा बाहेक अरु सबै सेवामा सो छुट प्राप्त गर्न सक्ने आइएईले जनाएको छ।

आइएमई पे 

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो।

“आइएमई पे” आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली – २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन।
यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ।

यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ।

२० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल हुँदै आएको छ।

प्रकाशित: २८ भाद्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार