नमस्ते पेको फेसटिभ क्याम्पियन शुरु, ७ जनालाई शतप्रतिश क्यास ब्याक

  • Technology Khabar | २८ भाद्र २०७९, मंगलवार
नमस्ते पेको फेसटिभ क्याम्पियन शुरु, ७ जनालाई शतप्रतिश क्यास ब्याक

काठमाडौं ।

नमस्ते पे ले दशैं, तिहार तथा छठ पर्व लाई समेट्नेगरी फेसटिव क्याम्पियन कयामपेन ल्याएको छ। यस अभियान ४९ दिन सम्म नमस्ते पे प्रयोगकर्ताहरु विभिन सेवाहरु विभिनअफर पाउनेछन्।

यस अभियानमा बम्पर अफरको रुपमा ७ भाग्यशाली विजेताहरुले १०० प्रतिशत पैसा फिर्ता प्राप्त गर्नेछन्। प्रयोगकर्ताहरुले जति धेरै ट्रान्जेक्सन गर्नेछन्, त्यति नै धेरै भाग्यशाली विजेता बन्ने र १०० प्रतिशत क्यास ब्याक पाउने मौका हुनेछ। अभियान अवधिको बीचमाकुनै पनि सेवाहरु (वालेट टु वालेट ट्रान्सफ र लोड फण्ड बाहेक) को कारोबार गर्ने प्रयोगकर्ताहरु बम्पर योजना सहभागी हुन योग्य हुनेछन्।

त्यसैगरी, नमस्ते पे मार्फत युटिलीटि बिलहरु भुक्तानी गर्दा प्रत्येक हप्ता एक भाग्यशाली विजेताको वर्षभरिको बिल नमस्ते पे ले तिरिदिने अफर छ। हवाई टिकट खरिद गर्दा प्रत्येक हप्ता एक भाग्यशाली विजेताले रु १००० क्यास ब्याक पाउनेछन् र अभियानको अन्त्यमा दुई जना भाग्यशाली विजेताले पोखराको राउण्ड हवाई टिकट निःशुल्क पाउनेछन् । दशै दक्षिणाको रुपमा, आफ्नो परिवार र आफन्तहरुलाई वालेट टु वालेट ट्रान्सफर गर्ने २० जना भाग्यशाली प्रयोगकर्ताहरुले १०० प्रतिशत क्यास ब्याक पाउनेछन्।

त्यस्तै, अभियन अवधिभर सबै प्रयोगकर्ताले मोबाइल टपअपमा १० प्रतिशत क्यास ब्याक वा अधिकतम १० रुपैयासम्म पाउनेछन्। प्रयोगकर्ताहरुलाई प्रोमोकोड उपलब्ध गराइनेछ जुन तीन पटक रिडिम गर्न सकिन्छ।
साथै, नमस्ते पेले भ्वाइस र डेटा प्याकहरु, बिलहरु भुत्तmानी ,हवाई टिकटहरु लगायत सहितविभिन सेवाहरुमा विभिन फ्ल्यास अफर प्रदान गर्नेछ।

नमस्ते पे नगदरहित समाजसिर्जना गर्ने प्रयासमाउल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो। आधुनिकप्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ।

प्रकाशित: २८ भाद्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार