विदेशी सूचना प्रविधि कम्पनीले लगे १४ अर्ब लाभांश

  • Technology Khabar | २८ भाद्र २०७९, मंगलवार
विदेशी सूचना प्रविधि कम्पनीले लगे १४ अर्ब लाभांश

काठमाडौं ।

नेपालमा सूचना प्रविधिको क्षेत्रमा लगानी गर्ने विदेशी कम्पनीले करिब १४ अर्ब रुपैयाँ लाभांश फिर्ता लिएका छन्। आर्थिक वर्ष २०७७/७८ सूचना प्रविधिको क्षेत्रमा लगानी गर्ने विदेशी कम्पनीले करिब १३ अर्ब ९८ करोड ४१ लाख रुपैयाँ लाभांश फिर्ता लिएका हुन्।

नेपाल राष्ट्र बैंकले नेपालमा प्रत्यक्ष विदेशी लगानी सम्बन्धि गरेको सर्वेक्षण अनुसार विदेशी कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ मा २६ अर्ब ७ करोड ६६ लाख रुपैयाँ लाभांश फिर्ता लिएका हुन्।

कुल लाभांश मध्ये आधाभन्दा बढी सूचना प्रविधिको क्षेत्रमा लगानी गर्ने विदेशी कम्पनीले लगेको प्रतिवेदनमा देखिन्छ।

प्रतिवेदनमा आर्थिक वर्ष २०७६/७७ मा सूचना प्रविधिको क्षेत्रमा लगानी गर्ने विदेशी कम्पनीले लाभांश लगेको देखिँदैन भने आर्थिक वर्ष २०७५/७६ मा १२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ लाभांश लगेका थिए।

आर्थिक वर्ष २०७७/७८ मा सूचना प्रविधिको क्षेत्रमा विदेशी कम्पनीले १० अर्ब ८५ करोड ८२ लाख रुपैयाँ लगानी गरेका छन्। आर्थिक वर्ष २०७६/७७ को तुलनामा आव २०७७/७८ सूचना प्रविधिको क्षेत्रमा विदेशी कम्पनीको लगानी १४ प्रतिशतले घटेको छ। आव २०७६/७७ मा सूचना प्रविधिको क्षेत्रमा विदेशी कम्पनीले १२ अर्ब ८५ करोड ८२ लाख रुपैयाँ लगानी गरेका थिए।

नेपालमा सूचना प्रविधिको क्षेत्रमा सबैभन्दा बढी लगानी चीनको रहेको छ। चीनबाट २ अर्ब २७ करोड ५६ लाख रुपैयाँ लगानी भएको छ।

समिक्षा अवधिमा सूचना प्रविधिको क्षेत्रमा ५३ करोड ६ लाख रुपैयाँ विदेशी कर्जा लिइएको छ।

प्रकाशित: २८ भाद्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

India hosts AI summit as safety concerns grow

  • Technology Khabar
  • २८ भाद्र २०७९, मंगलवार