राजस्व कार्यालयका कम्प्युटर अधिकृत बिन्दु विरुद्ध भ्रष्टाचार मुद्दा

  • Technology Khabar | २८ भाद्र २०७९, मंगलवार
राजस्व कार्यालयका कम्प्युटर अधिकृत बिन्दु विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं ।

सेवाग्राहीसँग घुस लिँदै गर्दा नियन्त्रणमा लिइएका एक कम्प्युटर अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा कार्यरत कम्प्युटर अधिकृत बिन्दु श्रेष्ठ प्रधानलाई सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नियन्त्रमा लिएको आयोगद्वारा जारी सूचनामा उल्लेख छ।

सूचना अनुसार कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा घुस लिएको पुष्टि भएपछि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो।

प्रधानलाई भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही तथा ३० हजार रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर भएको हो।

 

प्रकाशित: २८ भाद्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार