एनआइसी एशिया बैंकको भिडियो केवाइसी सेवा सुरू

  • Technology Khabar | २८ भाद्र २०७९, मंगलवार
एनआइसी एशिया बैंकको भिडियो केवाइसी सेवा सुरू

काठमाडौं ।

एनआइसी एशिया बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने सेवा भिडियो केवाइसी शुभारम्भ गरेको छ।

यस बैंकमा अनलाइन खाता खोल्ने स्वदेश वा विदेशमा रहेका ग्राहकहरूले भिडियो कलको माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण बैंकलाई सहज रूपमा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ।

बैंकको वेबसाइट मार्फत अनलाइनबाट खाता खोल्दा ग्राहकहरूलाई केवाइसी विवरण सम्बन्धमा दुई विकल्प राखिएको छ ।

जसमा, ग्राहकले केवाइसी आफूलाई पायक पर्ने शाखामा गई उपलब्ध गराउने वा सम्बन्धित बैंक कर्मचारीसँग भिडियो कल गरी उक्त कलमार्फत केवाएसी विवरण अद्यावधिक गर्ने भन्ने विकल्प दिने व्यवस्था गरिएको छ।

यदि भिडियो केवाइसीमार्फत आफ्नो केवाएसी जानकारी सम्वन्धित बैंकलाई उपलब्ध गराउने हो भने ग्राहकहरुले आफ्नो अनुकुल समय अनुसार सम्वन्धित बैंकका कर्मचारीलाई बैंकको कार्यालय समयमा सम्पर्क गरी भिडियो कलमार्फत आफ्नो केवाइसी विवरण बैंकलाई उपलब्ध गराउन सक्ने जनाएको छ।

प्रकाशित: २८ भाद्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार