एप्पल एयरपोड्स प्रोको उत्पादन बन्द

  • Technology Khabar | २८ भाद्र २०७९, मंगलवार

काठमाडौं ।

एप्पलको आईफोन १४ सिरिजको शुरुवातसँगै कम्पनीले पुराना आईफोन सिरिजका मोडलहरु बन्द गरेको छ। यस्तै कम्पनीले एयरपोड्स प्रो २ सार्वजनिक गरेसँगै मूल एयरपोड्स प्रोको उत्पादन बन्द गरेको गिज्मोचाइनाले उल्लेख गरेको छ।

दोस्रो पुस्ताको एयरपोड्स प्रो टीडब्ल्यूएस इयरबडहरु कपर्टिनोमा आधारित नयाँ फ्ल्यागसिप इयरफोनहरु हुन्। यसमा स्पेसियल अडियो, सुधारिएको एएनसी (एक्टिभ नोइज क्यान्सिलेसन)र सुधारिएको ब्यान्डविथ कनेक्टिभिटी सहित धेरै नयाँ फिचरहरु छन्।

यी फिचर बाहेक एयरपोड्स प्रो २ धेरै हदसम्म मूल एयरपोड्स प्रोको डिजाइनसँग मिल्दोजुल्दो छ। यद्यपि डिजाइनमा केही थप परिवर्तन पनि छन्।

एप्पल एयरपड्स प्रोको मूल्य पहिलेदेखि नै महँगो भएकाले कम्पनीले नयाँ एयरपड्स प्रो २ को मूल्य समान राख्ने निर्णय गरेको छ। तर मूल एयरपड्स प्रोको उत्पादन भने बन्द गरिएको छ। एयरपड्स प्रो २ को मूल्य २४९ अमेरिकी डलर तोकिएको छ। एप्पलको वेबसाइटमा कम मूल्यमा एयरपोड्स प्रो फेला पार्न सकिदैन।

एप्पलको आधिकारिक वेबसाइटबाट एयरपोड्स प्रो हटाइए पनि अन्य स्टोरमा अहिले पनि बिक्रीका लागि उपलब्ध छ।

प्रकाशित: २८ भाद्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार