शाओमीले इलेक्ट्रिक कार आफ्नै प्लान्टमा बनाउने

  • Technology Khabar | २८ भाद्र २०७९, मंगलवार
शाओमीले इलेक्ट्रिक कार आफ्नै प्लान्टमा बनाउने

काठमाडौं ।

शाओमीको पहिलो इलेक्ट्रिक कारको एसेम्बली लाइन २०२४ देखि शुरु हुने भएको छ। शाओमीको इलेक्ट्रिक कारको मूल्य ३० हजार अमेरिकी डलर हुने गिजचाइनाले उल्लेख गरेको छ।

शाओमीका सीईओ लि जुनले अगामी १० वर्षमा यस इलेक्ट्रिक कारले अटो उद्योगमा छाप छोड्ने आशा व्यक्त गरेका छन्।

शाओमी स्मार्टफोन निर्माणका लागि विश्व बजारमा चर्चित छ, तर यो परिवर्तन हुन सक्छ। यस्तोमा कम्पनी इलेक्ट्रिक सवारीको बजारमा प्रवेश गर्दैछ। नोटबुकचेकका अनुसार इलेक्ट्रिक सवारीको बजारमा सही बाटोमा अघि बढिरहेको छ।

बेइजिङ अटोमोटिभ ग्रुप कम्पनी (बीएआईसीं)सँगको सफल वार्ता पछि शाओमी आफ्नो इलेक्ट्रिक कारका लागि आफ्नै प्लान्ट स्थापना गर्ने निर्णयमा पुगेको छ।

शाओमीले आफ्नो पहिलो इलेक्ट्रिक कार सन् २०२४ सम्म सार्वजनिक गर्ने आशा गरेको छ। पूर्णतया विद्युतीय कारमा ४ ढोका हुनेछ। यसको डिजाइन टेस्लाको उत्पादन जस्तो हुनेछ। तर अमेरिकी अटोमेकरको भन्दा शाओमी ईभीको मूल्य सस्तो हुने विश्वास गरिएको छ। रिपोर्टका अनुसार शाओमी इलेक्ट्रिक कारको मूल्य करिब ३० हजार अमेरिकी डलर हुनेछ।

कारमा शाओमी पाइलट, सेल्फ डेभलप अटोनोमस ड्राइभिङ सिस्टम हुनेछ। लाइडार प्रविधिमा आधारित कारले सुरक्षित स्वचालित प्रणाली प्रदान गर्ने अपेक्षा गरिएको छ।

कम्पनीले अघिल्लो वर्ष अटोमोबाइल व्यवसायका लागि १० अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ।

प्रकाशित: २८ भाद्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार