काठमाडौं ।
बीएमडब्ल्यूले आफ्नो नयाँ इलेक्ट्रिक सवारी साधनमा सिलेन्ड्रिकल ब्याट्री सेल प्रयोग गर्ने भएको छ। बीएमडब्ल्यूले सन् २०२५ देखि निर्माण गर्ने नयाँ पुस्ताको आफ्नो विद्युतीय सवारी साधनमा सिलेन्ड्रिकल ब्याट्री सेल प्रयोग गर्ने घोषणा गरेको जस्टअटोले उल्लेख गरेको छ।
सिलेन्ड्रिकल ब्याट्री सेल प्रयोग गर्ने निर्णयसँगै बीएमडब्ल्यूले टेस्लालाई पछ्याउँदैछ। टेस्लासँग ४६८० सिलेन्ड्रिकल ब्याट्री सेल छ।
नयाँ पुस्ताका ब्याट्रीहरु नयाँ सवारी साधनको संरचनाका लागि अप्टिमाइज गरिएको छ। यसबाट सवारीको कार्यसम्पादन २० प्रतिशत वृद्धि हुनुका साथै चार्च सयम ३० प्रतिशतसम्म छिटो हुने बीएमडब्ल्यूको दाबी छ।
बीएमडब्ल्यू एजीको व्यवस्थापन कोर्डका सदस्य फ्रान्क वेबरले भने, ‘सेल उत्पादनबाट हुने सीओ२ उत्सर्जनलाई ६० प्रतिशतसम्म घटाउँदै छौं। स्थिरता र ग्राहक लाभको लागि यो ठूलो कदम हो।’
NEUE KLASSEको लागि आवश्यक व्याट्री सेलहरु आपूर्ति गर्न बीएमडब्ल्यू समूहले सीएटीएल र ईभीई इनर्जीलाई ब्याट्री सेल कारखाना निर्माण गर्न दुई अंक बिलियन यूरो दरमा ठेक्का प्रदान गरेको छ। दुवै साझेदारहरुले चीन र युरोपमा दुई गिगाफ्याक्ट्रीहरु निर्माण गर्नेछन्।
प्रत्येक ब्याट्री सेल कारखानाको कुल वार्षिक क्षमता २० गिगावाट आवरसम्म हुनेछ। योजना अनुसार उत्तर अमेरिकी ब्यापार क्षेत्र यूएसएमसीएमा थप दुई ब्याट्री सेल कारखाना निर्माण गरिनेछ। यसका लागि साझेदारहरु अझै मनोनयन गरिएको छैनन्।
प्रकाशित: २८ भाद्र २०७९, मंगलवार