काठमाडौं ।
स्मार्टफोन पड्कने घटनामा समय समयमा आउने गरेको छ। स्मार्टफोन पड्कदा नजिक रहेका व्यक्तिलाई शारिरिक चोटपक पनि लाग्ने गरेको छ।
यस्तोमा स्मार्टफोन पड्किँदा भारतमा एक महिलाको मृत्यु भएको खबर आएको छ। यस्तो आरोप एक यूट्यूबरले शाओमी रेडमी माथि लगाएको बीआरजीले उल्लेख गरेको छ।
यूट्यूबर एमडी टल्क वाईटीले यस घटनाको सम्बन्धमा ट्विटरमा पोस्ट गरेका छन्। उनले ट्वीटमा रेडमी ६ए पड्कदा उनको अन्टीको मृत्यु भएको हो। उनको अन्टीले सिरानी मूनी राखेको फोन अचानक पड्किएको उनको दाबी छ।
यस सम्बन्धमा यूट्यूबरले केही तस्बिर पनि सेयर गरेका छन्। तस्बिरमा स्मार्टफोनको फ्रन्ट प्यानल पूर्ण रुपमा ध्वस्त भएको देखिन्छ। फोनको ब्याक प्यानल जलेको छ भने ब्याट्री फूलेको छ। उक्त ट्वीटमा उनले अन्टीको फोटो पनि सेयर गरेका छन्। फोटोमा मृत दाबी गरिएकी महिला रगताम्य देखिएकी छिन्।
https://twitter.com/Mdtalk16/status/1568274660403605504
एमडी टल्क वाईटीले उनको अन्टीको गत राती मृत्यू भएको दाबी गरेका छन्। ती महिला रेडमी ६ए फोन प्रयोग गर्थिन्। सिरानी मुनी फोन राखेर सुतेको केही समयमा फोन पड्किएको थियो।
यूट्यूबरले रेडमीइन्डिया र शाओमी ग्लोबल भाइस प्रेसिडेन्ट मनुकुमार जैनलाई ट्वीट ट्याग गरेका छन्। यस ट्वीटमा कम्पनीले पनि प्रतिक्रिया दिएको छ। कम्पनीले यस घटनाको सम्बन्धमा जाँच गर्नेछ।
यस घटनाबाट प्रभावित महिलाको परिवारसँग कम्पनीले सम्पर्क स्थापना गर्न खोजिरहेको छ।
हालसम्म यस घटनामा एफआईआर दार्ता गरिएको छ कि छैन भन्ने प्रष्ट छैन। रियलमीको फोन पड्कने समस्या नयाँ हैन। गत वर्ष वाप्लस नर्ड २ पड्केको एक प्रयोगकर्ताले उजुरी दिएका थिए। कलको दौरान फोन पड्कदा उनको अनुहारमा धेरै क्षति भएको थियो। सन् २०१९ मा एक प्रयोगकर्ताले रियलमी ९ए खल्तीमा पड्केको दाबी गरेका थिए।
प्रकाशित: २८ भाद्र २०७९, मंगलवार