Technology Khabar २६ भाद्र २०७९, आईतवार
काठमाडौं ।
केएलदुगड ग्रुपअन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले दशैं–तिहारको अवसरमा स्काईवर्थ होम अप्लायन्समा ‘स्काईवर्थ क्यास ब्याक दनादन उपहार टनाटन’ सार्वजनिक गरेको छ ।
यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले स्काईवर्थ होम अप्लायन्सको खरिदमा ३५ प्रतिशतसम्मको क्यासब्याकको साथै अन्य धेरै निःशुल्क उपहारहरु प्राप्त गर्न सक्नेछन्।
५ वर्षदेखि स्काईवर्थले नेपाली बजारमा लोकप्रियता कमाईरहेको छ र देशभरका उपभोक्ताहरुको शीर्ष रोजाई बन्दै आइरहेको छ। स्काईवर्थ होम अप्लायन्स विगत एक दशकदेखि विश्वभरका उपभोक्ताहरुको दिगो, विश्वासिलो र भरपर्दो उत्पादन बनेको छ।
स्काईवर्थले नेपालीबजारमा घरेलु उपकरणहरु उपलब्ध गराउदै आइरहेको छ। ग्राहकहरुले यो ब्राण्डमार्फत नयाँअनुभव बटुल्ने अवसर पाउनुका साथै यो चाडपर्वलाई अझै विशेष बनाउन सक्नेछन् भन्ने स्काईवर्थको विश्वास रहेको छ।
प्रकाशित: २६ भाद्र २०७९, आईतवार