
काठमाडौं ।
नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संघठन (एनटिन० को ११औं महाधिवेशन सम्पन्न भएको छ।
‘व्यावसायिक कम्पनी, उत्तरदायी व्यवस्थापन; उत्प्रेरित कर्मचारी, सुदृढ ट्रेड युनियन’ नारा सहित २०७९ भदौ २२ देखि २४ गते (एनटिन) को ११औ महाधिवेशन ट्रेड युनियन आन्दोलनको उद्गम भुमि प्रदेश-१ को राजधानी विराटनगरमा सम्पन्न भएको हो।
नेपाल सरकारका पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका केन्द्रीय उपाध्यक्षसुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यता र नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा तथा नेपाल टेलिकमका प्रबन्ध निर्देशकसुनिल पौडेलको विशेष आतिथ्यतामा २०७९ भाद्र २२ गते संगठनका तत्कालीन अध्यक्ष यादव प्रसाद पनेरुको अध्यक्षतामा उद्घाटन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।
प्रमुख अतिथि, विशेष अतिथि, अतिथिज्यूहरू तथा कम्पनीमा क्रियाशील अन्य ट्रेड युनियनका प्रतिनिधिहरूले उद्घाटन समारोहमा शुभकामना मन्तव्य ब्यक्त गरेका थिए। सो अवसरमा केन्द्रीय समिति, विभिन्न विभागहरू, प्रादेशिक समिति, इकाई समिति तथा सम्पर्क समितिका ७७ जिल्लाका ६०० जना प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहेको थियो।
महाधिवेशनमा विगतमा सङ्गठनले कम्पनी, कर्मचारी र सेवाग्राहीको पक्षमा खेलेको भूमिकाको समीक्षा गर्दै आगामी दिनमा कर्मचारी, कम्पनी तथा ग्राहकको बृहत्तर हितको लागि तय गर्नुपर्ने कार्यदिशाको विषयमा गहन बिचार विमर्श गरिएको थियो।
उक्त महाधिवेशनबाट मोहन प्रसाद फुयाँलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। समितिको वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद ज्ञवाली, उपाध्यक्षहरू राजकिशोर चौधरी, चण्डीका पोखरेल, तोयनाथ भट्टराई, भरत लामिछाने, आनन्द पौडेल, महासचिव मणिकुमार पोखरेल, उपमहासचिवहरू तीर्थराज अधिकारी, गोविन्द ढुङ्गाना, सचिवहरू बचन ढ़ूगेल, दीपक चौलागाईं, कमला गिरी, कोषाध्यक्ष रोशन पाण्डे र सह-कोषाध्यक्ष नरेशप्रसाद पटेल चयन भएका छन्।
सदस्यहरूमा महेन्द्रप्रसाद रिमाल, घनश्याम पोखरेल, कमल घिमिरे, केशव बिसी., सालिकराम आचार्य, हरिबहादुर कार्की, विनोद महर्जन, ई. दीपक पौडेल, रामप्रसाद भट्ट, हरिकृष्ण महत, प्रेमकला सम्बाहाम्फे, रीता अधिकारी, सृजना सापकोटा, नीलकमल बुर्जा, रामबाबु सिंह, कान्छाराम महर्जन, प्रेमप्रसाद रिजाल, युवराज अधिकारी, अशोक हिंङमाङ, श्रीकृष्ण खड्का, प्रकाश शर्मा, रामकृष्ण महतो, कमल खत्री, मुक्तिप्रसाद भण्डारी र रमेश पाठक सहित ४० जनाको केन्द्रीय समिति निर्वाचित गर्दै भव्य र सभ्य रूपमा महाधिवेशन सम्पन्न भएको छ ।
साथै, महाधिवेशनमा कम्पनीको समसामयिक अवस्थामा छलफल गर्दै आम कर्मचारीहरूको वृत्ति विकास एवं सेवा सुविधा तथा कम्पनीको व्यावसायिकता अभिवृद्धिका लागि सङ्गठन अझ सशक्त ढङ्गले क्रियाशील रहने सङ्कल्प गर्दै ११ बुँदे प्रस्ताव पारित गर्दै महाधिवेशन सम्पन्न भएको छ ।
प्रकाशित: २६ भाद्र २०७९, आईतवार